News

बालेन्द्र विरुद्ध मुद्दा दर्ता गरी लिखित जवाफ माग्न सर्वोच्चको आदेश

बालेन्द्र विरुद्ध मुद्दा दर्ता गरी लिखित जवाफ माग्न सर्वोच्चको आदेश

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने भएको छ। सर्वोच्च अदालतले मंगलबार साह विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफमा माग्न आदेश दिएको छ। 

मेयर साहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा निवेदन निवेदन दिएकी थिइन् । उक्त निवेदनमाथि मंगलबार न्यायाधीश श्रेष्ठको इजलासमा सुनुवाइ भएको हो ।

उच्च अदालत पाटनले दिएको आदेश नमान्ने भन्दै मेयर साहले सामाजिक संजालमा सरकार र अदालत भारतीय गुलाम भएको आरोप लगाएका थिए । हिन्दी सिनेमा ‘आदिपुरुष’ को प्रदर्शनीमाथि मेयर साहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।

आफ्नो निर्णय रोक्न अदालतले आदेश दिएपछि सामाजिक संजाल फेसबुकमा लेखेका उनले थिए, ‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’

बालेन्द्र साह

विशेष