News

गृहमन्त्रीले पक्राउ गर्न निर्देशन दिएको चर्चाका बीचमा आरजु किन गईन जापान ?

गृहमन्त्रीले पक्राउ गर्न निर्देशन दिएको चर्चाका बीचमा आरजु किन गईन जापान ?

गृहमन्त्रीले पक्राउ गर्न निर्देशन दिएको चर्चाका बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा जापान गएकी छिन्। 

जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् । सोमबार साँझ नै उनी जापान गएकी हुन। 

२०७९ सालको भदौमा उनी उपचार गर्न जापान गएकी थिइन् । सोही उपचारको फलो अपका लागि राणा जापान गएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए।

यता, नक्कली भुटानी शरणार्थी प्रकरणमा राणा र पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएको प्रहरी वृत्तमा चर्चा छ। उनले आफु चीन भ्रमणमा गएर फर्कनु अघि नै यो काम गर्न निर्देशन दिएको उच्च प्रहरी स्रोतले जनाएको छ।

गृहमन्त्रालयले भने यस्तो निर्देशन दिएको कुरा अस्विकार गरेको छ। मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गरी राणा र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको जनाएको छ।

यो पनि,

भुटानी शरणार्थी

विशेष