News अपराध सुरक्षा

वचतकर्ताको १४ अर्ब ठगेर भागेका केदारनाथ पक्राउ, उनका सहयोगी ज्ञानेन्द्र अनुशन्धानमै परेनन

वचतकर्ताको १४ अर्ब ठगेर भागेका केदारनाथ पक्राउ, उनका सहयोगी ज्ञानेन्द्र अनुशन्धानमै परेनन

वचतकर्ताको १४ अर्बभन्दा वढि निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्। लामो समयदेखि भागेर भारतका कानपुर, बहराइच, लखनउ, मुम्बईलगायत विभिन्न स्थानमा लुक्दै हिडेका उनलाई मुम्बईबाट पक्राउ गरिएको हो। 

नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो। शर्मालाई सोमबार नै नेपाल ल्याइएको छ। २०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो ।

उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । माउ संस्था शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष समेत रहेका शर्मा दुवै सहकारी संकटमा परेपछि बेपत्ता भएका थिए । संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।

खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो। यसबीचमा उनले वचतकर्तालाई भ्रममा राख्न भारतीय लगानी भित्र्याउन लागेको भ्रामक हल्ला चलाए। शिखर अर्गनाईजेशन ग्रुप अन्तर्गत सञ्चालनमा रहेका मिडिया मार्फत ४१ सय ६० करोड रकम भित्र्याउन लागेको प्रचार पनि गरियो।

अन्नतः शर्मा आफै पक्राउ परेका छन्। उनीमात्र होईन, उनका श्रीमतीसहित परिवारका अन्य सदस्य यसअघि नै पक्राउ परिसकेका छन्। तर, उनको हरेक गलत धन्दामा भागिदार रहेका इन्दु भनिने ज्ञानेन्द्र शर्मा भने हालसम्म पनि प्रहरीको अनुशन्धानमा परेका छैनन्।

शिवशिखर सहकारीका सञ्चालक समेत रहेका ज्ञानेन्द्रले ऋण फिर्ता गर्नुपर्ने भएपछि घुस लिएको भन्दै पत्रकारलाई नै फसाउने षडयन्त्र गरेका थिए। आफुलाई गोर्खा टोबाकोको जेनेरल म्यानेजर बताउने शर्माले पत्रकार एन्जिना कार्की विरुद्ध मुद्दा दर्ता गर्दै विभिन्न संचार माद्यममा अन्तरर्वार्ता समेत दिएका थिए। जसका आधारमा एन्जिनालाई महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले ०७८ मंसिर २२ गते पक्राउ गरेको थियो।

एन्जिनाले आफुसँग १६ लाख रुपैयाँ लिएको र अरु मिडियालाई पनि मिलाउनु पर्छ भन्दै बार्गेनिङ गरेको शर्माले वताएका थिए। तर, पछि उनैले अदालतमा वुझाएको प्रतिउत्तरमा ‘आफुले एन्जिनासँग दुई वर्षपछि १६ लाख तिर्ने मौखिक सहमतिमा १० लाख रुपैयाँ लिएको र सोही रकम वुझाउने क्रममा उक्त घट्ना भएको’ वताए।

एकै पटक धेरै रकम वुझाउनु पर्दा मानसिक रुपमा विछिप्त भएको र एन्जिनाले पैसाका लागि दवाव दिने र धम्की दिने गर्न थालेपछि आफु प्रहरीसम्म पुगेको उनले जनाएका छन् । अदालतमा प्रतिउत्तर दिने क्रममा समेत उनले आफनो सहकारीको कारोवारमा केही समस्या देखिएकाले सुनियोजित रुपमा एन्जिनालाई फसाएको स्विकारेका छन्।

उनले यो प्रकरणमा महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडका डिएपी दिलवहादुर मल्ललाई पनि मिलाएको खुलेको थियो। पत्रकार एन्जिनाले आफुलाई अनाहकमा पक्राउ गरेर हिरासतमा राखेको, २८ दिनसम्म मानसिक रुपमा प्रताडित गरेको र मुद्दा मिलाई दिन्छु भन्दै पैसाको वार्गेनिङ गरेको आरोपमा मल्ल विरुद्ध उजुरी नै दर्ता गरेकी छिन्।

तत्कालिन एसएसपी अशोक सिंहका दाहिने हात भनेर चिनिने मल्लले उनले आफुसँग पैसा माग्ने क्रममा ज्ञानेन्द्रको आफुमाथि ठुलो लगानी रहेको र उसँग दुस्मनी गरेर गल्ती गरेको भन्दै धम्क्याउने गरेको एन्जिनाको भनाई छ।

अदालतले सफाई दिईसकेपछि पनि डिएसपी मल्लले आफुलाई मान्छे लगाएर धम्क्याउने गरेको कार्कीले बताएकी छिन्। कार्कीलाई जिल्ला अदालत काठमाण्डौंले चैत ६ गते सफाई दिएको हो। एन्जिना विरुद्ध सुर्ती ब्यापारी शर्माले ‘आपराधिक लाभ (एक्सटर्सन)’ मुद्दा दर्ता गरेका थिए। उनकै मुद्दाका आधारमा एन्जिनालाई महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले ०७८ मंसिर २२ गते पक्राउ गरेको थियो। 

यो पनि,

केदारनाथ शर्मा ज्ञानेन्द्र शर्मा एन्जिना कार्की तुलसी सहकारी शिव शिखर शिखर अर्गनाइजेसन

विशेष