News

जलहरीमा कहाँबाट आयो मुचुल्काभन्दा वढि सुन ? यस्तो छ नालिबेली

जलहरीमा कहाँबाट आयो मुचुल्काभन्दा वढि सुन ? यस्तो छ नालिबेली

पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंग (गर्भगृह) मा करिब साढे दुई वर्षअघि जलहरी राख्दा तयार पारिएको मुचुल्कामा ९६ केजी ८२२ ग्रामको जलहरी र बाँकी सुनका टुक्राबाट रिङ बनाएर त्यसमा लगाइएको उल्लेख छ।

तर, पशुपति क्षेत्र विकास कोषले १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेर नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा १०३ केजी ७७३ ग्राम सुन खरिद गरेको तथ्यले बाँकी सुन कहाँ गयो भन्ने विषय खोजीको विषय भयो।

महालेखा परीक्षकको कार्यालयले पनि जलहरी निर्माणका विषयमा प्रश्न उठायो। महालेखाको प्रतिवेदनमा राष्ट्र बैंकबाट किनिएको १०३ केजी ७७३ ग्राम सुनमा २ केजी ८९० ग्राम तामा, १ केजी २४९ ग्राम चाँदी, १२.७५ ग्राम जिंकसहित राखेर १०७ केजी ९२४.७५ ग्रामको जलहरी बनाइएको भनिए पनि त्यसको रिङमा प्रयोग गरिएको सुनको परिमाण पुष्टि हुने विवरण नभएको उल्लेख छ ।

त्यसपछि यो विषयले झनै चर्चा पायो। प्रतिनिधि सभाको वैठकमा समेत माओवादी केन्द्रका नेताहरुले यसलाई छलफलको विषय वनाए। तर, प्रश्तुती गर्ने तरिकाका कारण उनीहरु आलोचित समेत भए। माओवादी सांसद लेखनाथ दाहालले ओलीको पालामा भ्रष्टाचारका काण्डैकाण्ड भएको भन्दै जलहरी काण्ड पनि उल्लेख गरेका थिए । 

तर, एमालेले तथ्यबिना नै आफ्नो नेतालाई भ्रष्टाचार गरेको भनेर आरोप लगाएको भन्दै सदन अवरुद्ध गरेपछि त्यसलाई संसदको रेकर्डबाट हटाईयो। संसदको रकेर्डबाट हटाईएपनि यसअघि निद्रामै देखिएको अख्तियार दुरुपयोग अनुशन्धान आयोग त्यसपछि भने तातेको छ।

यसैक्रममा आईतवार अख्तियारले जलहरीमा प्रयोग गरेको सुनको परिक्षण गर तौल गरेर हेरेको छ। परीक्षण गर्दा जलहरीमा मुचुल्कामा भएको भन्दा वढि सुन भेटेपछि आश्चर्यको विषय वनेको छ। मुलुल्कामै नभएको सुन अनुशन्धान सुरु भएपछि कसरी वढ्यो भन्नेमा अहिले सवैको चासो छ। जलहरीको तौल गर्ने क्रममा १०७ केजी ४६८ ग्राम पाइएको छ । पशुपति क्षेत्र विकास कोषले १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो । 

मुचुल्कामा रिङमा प्रयोग भएको सुनको परिमाण खुलाइएको छैन । मुचुल्काको विवरण र अख्तियारले लिएको तौलमा कसरी फरक प¥यो भन्ने विषय भने अझै खुलेको छैन। यस प्रकरणमा मुछिएका कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पनि यस विषयमा वोलेका छैनन।

अख्तियारका प्रवक्ता भोला दाहालले भने जलहरीका विषयमा अनुसन्धान चलिरहेकाले अहिल्यै के हो भनेर भन्न नमिल्ने वताए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीसाथ पशुपतिनाथ पुगेर ‘संकल्प पूजा’ गर्नुका साथै सुनको जलहरी राख्ने घोषणा गरेका थिए ।

सरकारका तर्फबाट ३० करोड रुपैयाँ दिने पनि बताएका थिए । त्यसपछि कोषले सरकारबाट आउने रकममा ५० करोड ११ हजार रुपैयाँ थपेर करिब १ सय ८ केजीको जलहरी बनाउने निर्णय गरेको थियो । 

जलहरी

विशेष