News

पति र छोरीसहित ओलीलाई भेट्न अभिनेत्री श्वेता खड्का बालकोटमा

पति र छोरीसहित ओलीलाई भेट्न अभिनेत्री श्वेता खड्का बालकोटमा

०७९ वैशाखमा नेपाली कांग्रेसमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्का मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छिन्।

पति विजयेन्द्रसिंह रावत र नाबालक छोरी ब्रिआनालाई साथमा लिएर उनी बालकोट पुगेकी हुन्। बालकोटमा पुगेर सार्वजनिक गरेका तस्बिरमा ओलीले श्वेताकी छोरी ब्रिआनालाई गोदमा लिएका छन्। ओलीले छोरीलाई आशीर्वाद दिएको श्वेताले बताएकी छन्। 

‘काम ठूलो हुनु पर्दैन, जे गर्छौँ प्रेमपूर्वक गर्दा सदैव लक्ष्मी को बास हुन्छ’, श्वेताले भनेकी छन्, ‘सम्माननीय पूर्वप्रधानमन्त्री केपी बुवा हजुरसँग पहिलो भेट ब्रिआनाको, आशिर्वाद लिँदै।’

यसअघि नेपाली कांग्रेसमा प्रवेश गरेकी उनी पछिल्लो समय राजनीति र कलाकारिता दुवैतर्फ देखिएकी छैनन्। 
 

श्वेता खड्का

विशेष