News

सरकारको सस्तो लोकप्रियताका लागि भाटभटेनीका सञ्चालक पक्राउ!

अदालतमा विचाराधिन मुद्दामा पटक पटक पक्राउ गरेर के पुष्टि गर्न खोज्दैछ सरकार ?

सरकारको सस्तो लोकप्रियताका लागि भाटभटेनीका सञ्चालक पक्राउ!

नक्कली भुटानी शरणार्थी प्रकरण, समाजवादी मोर्चा घोषणा तथा वजेटका कारण सरकार र गठवन्धन संकटमा परेपछि नेकपा माओवादी केन्द्र प्रचारमुखी काममा लागेको छ।

सरकार ढल्नु अघि भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र कृष्णप्रसाद सिटौला तथा ललिता निवास जग्गा प्रकरणमा दुई/चार जनालाई पक्राउ गरी भ्रष्टाचार विरोधी छवि वनाएर निस्कने योजना अनुसार सरकार अघि वढेको स्रोतको दावी छ।

गृहमन्त्रीले पक्राउ गर्न आदेश दिएको जानकारी पाएकै कारण सिंगापुरबाट फर्कने वित्तिकै आरजु जापान पुगेको स्रोत वताउँछ। यता, विशेष अदालतमा विचाराधिन मुद्दाका प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गर्न थालेको छ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मुद्दा दर्ता गरेपछि धरौटीमा रिहा भएका ब्यक्तिलाई सोही मुद्दामा पुनः पक्राउ गर्नुले पनि सरकार प्रचारमा लागेको पुष्टि हुने जानकारहरु वताउँछन्।

ललिता निवास जग्गा प्रकरणमा प्रहरीले मंगलवार भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरेको छ। ति मध्ये अदालतबाट ‘स्टे अर्डर’ लिएका तीन जना कर्मचारी मंगलवार नै छुटे। मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी कागज गरेर छुटेका छन् भने मीनबहादुर गुरूङ एकै प्रकरणमा दोस्रो पटक पक्राउ परेका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध ललिता निवास प्रकरणमा मुद्दा चलाइसकेको छ। उनीविरूद्ध अख्तियारले ३९ करोड २७ लाख ६८ हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको छ। उक्त मुद्दामा गुरूङ तीन करोड रूपैयाँ धरौटीमा रिहा भएका थिए।

यसरी अख्तियारले छानबिन गरेर मुद्दा चलाइसकेका गुरूङलाई फेरि किन सिआइबीले पक्रियो? भन्ने विषय नै अहिले चासोको विषय भएको छ। ‘अदालतको निर्णय मान्छु, कानुन मान्छु भनेर धरौटी धरौटी तिरेर वसेका मान्छेलाई पुनः पक्राउ गर्नुको अर्थ नै स्पष्ट छैन’ उनी निकट कानुन ब्यवसायीहरु भन्छन्–‘यसका पछाडिको उदेश्य नितान्त प्रचार भन्दा अर्थोक हुनै सक्दैन।’

जानकारहरुका अनुसार बालुवाटार जग्गा प्रकरणका दुई मुख्य योजनाकार शोभाकान्त ढकाल र राम सुवेदी हुन। सानो क्षेत्रमा ब्यापार चलाई रहेका गुरूङ फराकीलो ठाउँको खोजीमा थिए। यही क्रममा ढकाल र सुवेदीले जग्गाको कुरा गरेपछि उनले विशुद्ध ब्यापारीक प्रयोजनका लागि उक्त जग्गा खरिद गरेको र कसैलाई ठगी नगरेको उनीहरु दावी गर्छन।

गुरुङलाई राजनीतिक प्रतिसोधका कारण पनि दोहो¥याएर पक्राउ गरिएको धेरैको अनुमान छ। गुरुङ खासगरी नेपाली कांग्रेस समर्थक हुन। तर पुरै भाटभटेनी प्रचण्डको हो भनेर प्रचार हुँदा पनि सोचेजस्दो सहयोग नपाएको झोकमा उनलाई प्रतिसोधपूर्ण रुपमा पक्राउ गरीएको उनीहरु वताउँछन्। 

‘यसो गर्दा दुईटा फाईदा छन्। एकातर्फ चन्दा नदिएको रिस उतार्न र तर्साउन पाइयो भने अर्कोतर्फ सरकारको छवी पनि भ्रष्टाचार विरोधी बन्ने भयो’ स्रोत भन्छ–‘एउटै प्रकरण र अदालतमा विचाराधिन मुद्दामा पटक–पटक पक्राउ गरेर आतंकित वताउने, सके असुल गर्ने र नसके प्रचार गर्ने शैली देखियो।’

अनुशन्धान स्विकारेको, पक्राउ परेर हिरासत वसेको, कानुन मानेको, धरौटीमा रिहा भएको र अदालतले तोकेको विगो तिर्न समेत तयार रहेको ब्यक्तिलाई पक्राउ गर्नुका पछाडि सरकारको मनसाय शुद्ध नदेखिएको जानकारहरु वताउँछन्। नीतिगत भ्रष्टाचारमा संलग्न भएको प्रमाणित भएपछि पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई अनुशन्धानमै नल्याउनु र मालदारहरुलाई मात्र छानिछानी पक्राउ गर्नुले अनुशन्धानको उदेश्य पुष्टि हुने उनीहरुको भनाई छ।

यो पनि,

भुटानी शरणार्थी ललिता निवास

विशेष