बजेटको विपक्षमा उभिएका माधब नेपाल ललिता निवासको फाईल खुलेपछि सल्याकसुलुक!

अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ मा पेश गरेको आर्थिक वर्ष ०८०÷०८१ को वजेटमा सत्ता सहयात्री दल नै विरोध उत्रिए। नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल नै बजेटमा समर्थन गर्न नसकिने बताउन थाले।
बजेटमा करेक्शन नभए सरकार ढल्नेसम्मको चेतावनी दिएका उनी पास हुने दिन बजेटको पक्षमा उभिने निर्णयमा पुगे।
यसरी नेता नेपाल एकाएक बजेटको पक्षमा यु–टर्न हुनुको पछाडि ललिता निवास जग्गा प्रकरणको फाईलको त्रास रहेको जानकारहरु बताउँछन्। खासमा उनलाई गलाउनकै लागि पनि अचानक उक्त फाईल खोलिएको धेरैको वुझाई छ।
समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल ०६६ जेठ ११ देखि २०६७ माघ २२ सम्म प्रधानमन्त्री भए। उनले सरकारको नेतृत्व गरेको मन्त्रिपरिषद्ले ०६६ चैत २९ मा जग्गा आधा मोहीलाई दिने, आधा सरकारको नाममा दर्ता गर्ने भनेर निर्णय गरेको थियो।
त्यसलाई कार्यान्वयन गर्न ०६७ वैशाख ३१ गते नेपालले दोस्रो निर्णय पनि गराए। यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्रीहरू माधव नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा दर्ता गरेको थियो।
मंगलवार मात्रै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवास प्रकरणको फाइल खोलेसँगै नेपाल पनि तानिने सम्भावना बढेर गएको छ। सुरूवाती दिनमा बजेटको विपक्षमा उभिएका नेपाल ललिता निवास प्रकरणको फाईल खुल्ने वित्तिकै हच्किएको स्रोतको भनाई छ।
प्रधानमन्त्री दाहालले सुशासन कायम गर्न आफू निर्मम बन्ने बताउन थालेपछि नेता नेपाल आफू फस्ने डरले बजेडको पक्षमा उभिएको माओवादी केन्द्रका एक नेता बताउँछन्। ति नेताका अनुसार नेपालले प्रधानमन्त्रीसँगको भेटमा बजेटको विपक्षमा उभिने बताएका थिए। तर, सिआईबीले ललिता निवासको फाइल खोलेपछि उनी स्वयम वजेटको पक्षमा आए।
बजेट ललिता निवास