News

शरणार्थी प्रकरणमा डामिएकी आरजु माथि मेयरको टिकट २ करोडमा बेचेको आरोप

शरणार्थी प्रकरणमा डामिएकी आरजु माथि मेयरको टिकट २ करोडमा बेचेको आरोप

भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने सम्भावना वढेपछि सिंगापुरबाट फर्के लगत्तै जापान पुगेकी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु राणामाथि स्थानीय तह निर्वाचनमा उम्मेदवारको टिकट करोड–करोडमा बेचेको आरोप लागेको छ।

स्थानीय तह निर्वाचन सकिएको एक वर्षपछि पाँचथरको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले टिकट लिन आरजुलाई दुई करोड बुझाएको दाबीसहितको अडियो अहिले सञ्जालमा सार्वजनिक भएको छ।

अडियोमा प्रकाश गुरुङ र सन्तोष श्रेष्ठको सम्वाद छ। गुरुङ निर्वाचनमा कांग्रेसका तर्फबाट फिदिम नगरपालिकाका मेयर उम्मेदवारका दाबेदार थिए भने श्रेष्ठसँग पैसा बुझाएको भनिएका व्यक्ति हुन् । उनी हाल नेपाली कांग्रेस पाँचथरका सहसचिव छन् । 

अडियोमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणालाई उक्त पैसा बुझाएको श्रेष्ठले दाबी गरेका छन्। गुरुङले श्रेष्ठलाई भान्जा भन्दै सम्वोधन गरेका छन्। श्रेष्ठले नगरपालिका प्रमुखका अर्का दाबेदार काफ्लेबाट दुई करोड अर्थात् ‘दुई खोका’ आरजुलाई दिइसकेको बताएका छन् । 

तर, गुरुङले भने टिकट नपाउँदा दुःखी भए पनि घुमाउरो शैलीमा ‘ठीक छ, मिसन सक्सेस भान्जा’ भनेका छन्। गुरुङलाई फकाउने शैलीमा श्रेष्ठले ४ नम्बर (फिदिम–४ को वडाध्यक्ष) को निर्णय नगरिएको भन्दा ‘दुई करोड क्यास नै आरजु राणालाई नै पु¥याएको हो नि ?’ भन्दै गुरुङले फेरि सोधेका छन्। श्रेष्ठले ‘अँ, आरजुलाई नै हो’ भनेका छन् । 

अडियो सार्वजनिक भएपछि श्रेष्ठले भने अडियो सम्वाद सम्पादित भएको प्रतिक्रिया दिएका छन् । उनले डा. आरजु कहाँ टिकटबारे कुरा गर्न पुगिएको तर दुई करोड पु-याइएको झुटो भएको दाबी गरेका छन् ।

आरजु राणा भुटानी शरणार्थी

विशेष