News

प्रचण्डले मुद्दा देखाएर थर्काउन थालेपछि कांग्रेसले उठायो लडाकु शिविर प्रकरण

प्रचण्डले मुद्दा देखाएर थर्काउन थालेपछि कांग्रेसले उठायो लडाकु शिविर प्रकरण

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्ध सरकार निर्मम हुने भन्दै सहयात्री दलका नेता नै थर्काउन थालेपछि नेपाली कांग्रेसका सांसदहरुले माओवादी लडाकू शिविरमा भएको भ्रष्टाचारको पनि छानविन गर्नु पर्ने माग गर्न थालेका छन्।

कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकू शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सांसद राणाले ललिता निवास प्रकरणको छानबिनको कामलाई सरकारले पुनः अघि बढाएकोमा स्वागत गर्दै त्यस्ता खालका अरु भ्रष्टाचारका मुद्दाहरुलाई पनि सरकारले अघि बढाउनुपर्ने बताए। 

माओवादी लडाकू शिविरमा पनि भ्रष्टाचारसम्बन्धी समस्या रहेको भन्दै उनले छानबिन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरे। प्रधानमन्त्री र गृहमन्त्रीका आफ्नै मान्छे भ्रष्टाचारमा संलग्न भएको जिकिर उनको थियो।

‘ललिता निवासको फाइल खोलिएको छ, त्यो ठीकै छ। कारबाही हुनुपर्छ। मैले भनिहाले–भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ’ उनले भने–‘लडाकूको विषयमा पनि समस्याहरु अहिले देखिएको छ। त्यो फाइल पनि खोल्न म प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु।’

लडाकु शिविर

विशेष