News

रेखा थापाले लिङ्देनलाई गतिहीन र अदुरदर्शी भनेपछि...

रेखा थापाले लिङ्देनलाई गतिहीन र अदुरदर्शी भनेपछि...

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन एकांकी, गतिहीन, प्रभावहीन र अदुरदर्शी भएको आरोप लगाएकी छिन्।

दुई दिनदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले यस्तो आरोप लगाएकी हुन।

नेतृ थापाले पार्टी अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति खरो असन्तुष्टि जनाईन। पार्टी सञ्चालन गर्न दीर्घकालीन योजना, फराकिलो चिन्तन र  सबैलाई समेट्न सक्ने क्षमता आवश्यक पर्ने बताउँदै उनले अहिले पार्टी नेतृत्व चाकडी, चाप्लुसी र भक्तिगानमा अल्झिएको आरोप लगाईन।

विधि र पद्धतिअनुसार भन्दा पनि नेतृत्वलाई खुशी पार्नेहरु र चाकडी गर्नेहरु मात्रै पार्टीमा हावी हुने हो भने संगठन धराशायी हुने उनले वताईन। नेतृत्वको स्तुतिगान गाउनेले मात्र अवसर पाउने हो भने स्वाभिमानी कार्यकर्ताले राप्रपामा लाग्नुको अर्थ नहुने उनको भनाई थियो।
 

विशेष