News

धान रोप्न चितवन पुगेका ओलीले भने– ११ किलो सुनले केही दिन मार्केट पायो

धान रोप्न चितवन पुगेका ओलीले भने– ११ किलो सुनले केही दिन मार्केट पायो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा चढाएको जलहरीको ११ किलो सुनले केही दिन मार्केट पाएको वताएका छन्। 

असार १५ मा धान रोप्न चितवन पुगेका ओलीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जलहरीको सुन आफ्नो विषय नभएको पनि बताए। आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको ओलीको दावी छ।

यस विषयमा संसद् र सञ्चारमाध्यममा केही दिन चर्चा भएको उनले वताए। ‘एक जनाले भनेको सुनियो– सुन होइन पित्तल चढाएको। त्यहाँ पनि भ्रष्टाचार भएको छ। अलिक दिन त्यसले पनि मार्केट पायो।’– उनले भने।

‘११ किलो सुन कहाँ गयो?’ भन्ने प्रश्न आएको भन्दै उनले ‘यो मेरो विषय हो र तपाईंहरुले मलाई सोधेको?’ भन्दै उल्टो प्रश्न गरे। शिलान्सा गरेको ठाउँमा नाम लेखाएको विषय पनि आफुलाई जानकारी हुने विषय नभएको ओलीले वताए।

‘शिलान्यास गरेका ठाउँमा शिलान्यास गर्नेको नाम लेखेको हुँदैन र? उहाँहरुको नीजि खर्चबाट बनाएको हो र? त्यो त मलाई त थाहा हुने कुरा भएन नि! मलाई किन सोध्नुहुन्छ?’ उनले भने–‘पशुपतिमा चढाएको जलहरीको सन्दर्भमा के भएको रहेछ? ११ किलो सुन कसैले खाएको रहेछ? खाएको रैछ भनेपनि मसँग सम्बन्धित विषय होइन।’
 

विशेष