News

विश्वासको मत मागेका कोशीका मुख्यमन्त्री मत लिनै वसेनन्, वैठक अनिश्चित

विश्वासको मत मागेका कोशीका मुख्यमन्त्री मत लिनै वसेनन्, वैठक अनिश्चित

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विहिवार प्रदेश सभामा विश्वासको मत मागे। तर, उनको प्रश्तावमा छलफल भईसकेपछि प्रदेशसभा बैठकबाट वाहिर निस्किएका कार्की फेरी वैठक स्थलमै पुगेनन। 

एक मतले सरकार ढल्ने पक्का भएपछि उनी प्रदेश सभाको वैठक छोडेर वाहिर निस्किएका थिए। बरु उनले फोन गरेर सभामुख बाबुराम गौतमलाई आधा घण्टाका लागि वैठक स्थगित गर्न आग्रह गरे। त्यसपछि एक घण्टा र अर्को पटक शुक्रबार दिउँसोसम्मलाई प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गरे।

तर, सभामुख गौतमले प्रतिपक्षी दलसँग छलफल गरेर त्यसबारे निर्णय लिने बताए। त्यसपछि प्रदेशसभाको वैठक नै अनिश्चित वनेको छ। पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्र, जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको छ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीका पक्षमा छन् । उनलाई वहुमत देखाउन एक मतको कमी छ। प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ गरी ४६ सांसद छन् । एक सांसदमात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

यस्तो अवस्थामा आफुले अपेक्षा गरेको मत नआउने पक्का भएपछि कार्कीले वैठकस्थल नै छोडेको जनाईएको छ।
 

विशेष