मण्डपमै वेहुलीलाई हातपात गर्ने अमेरिकी ग्रिनकार्ड होल्डर वेहुला पक्राउ
सुनसरीको दुहबी नगरपालिका–६ घर भई काठमाडौं–१३, ताहाचल बस्ने अमेरिकी ग्रिन कार्ड होल्डर ३२ वर्षिय अनुराग रौनियार विवाह प्रकरणमा पक्राउ परे। उनलाई ५ दिन थुनामा राख्न अदालततले अनुमति दिएको छ।
मंगलबार दिउँसो काठमाडौंको नक्साललस्थित एक पार्टी प्यालेसको मण्डपबाट पक्राउ परेका उनीमाथि मागे जति दाइजो नदिए बिहे रद्द गर्ने धम्की दिएको आरोप छ। प्रहरीका अनुसार उनले बेहुली पक्षबाट ५० लाख रूपैयाँ दाइजो नपाए बिहे नै रद्द गर्ने धम्की दिएका थिए।
असार १२ गते विवाह हुँदै थियो । विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै ५० लाख रुपैयाँ नपाए विवाह रद्द गर्ने धम्की दिए। उनले पटक–पटक गरी २२ लाख रुपैयाँ केटी पक्षबाट लगिसकेका थिए।
मण्डपमा दाईजोको विषयमा विवाद हुन थाल्यो। उनले बेहुलीलाई गाली बेइज्जती तथा हातपात गरे। त्यसपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई नियन्त्रणमा लिएको प्रहरीको थियो।
दाइजो ग्रिनकार्ड