मधेशलाई उपनिवेश बनाउन प्रचण्डलाई उपेन्द्रको समर्थन
अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संघीय संसदमा बजेट पेश गरेपछि त्यसको त्यसको खरो आलोचना गर्नेमा जसपाका अध्यक्ष उपेन्द्र यादव थिए। उनले बजेटको विषयमा विरोध जनाउँन असार ७ गते पत्रकार सम्मेलनकै आयोजना गर।
बजेटमाथिको छलफलका क्रममा यादवले मधेश प्रदेश र तराईका जिल्लालाई सबैभन्दा कम बजेट दिएर विभेद गरिएको आरोप लगाए । उनले सरकारले मधेशलाई उपनिवेश वनाउन खोजेको बताउँदै ‘यो कुन राजनीतिक सिद्धान्त हो ? कुन नैतिकता हो ?’ भन्दै प्रश्न गरे।
अर्थ मन्त्रालयका कर्मचारी मधेशी समुदायप्रति पूर्वाग्रही र प्रदूषित मानसिकताबाट प्रेरित भएको आरोप उनको थियो। ‘राजनीतिक रुपले भन्ने हो भने यसले नश्लवादको चिन्तन स्पष्ट रुपले देखाउँछ’ यादवले भनेका थिए ‘नश्लवाद कुनै पनि देशको, कुनै पनि जातिको कुनै पनि समुदायको हितकर हुँदैन । यो चिन्तनबाट मुक्त हुनुस् ।’
मधेश र मधेशी भन्दै बजेटमा रोईकराई गरिरहेका तिनै उपेन्द्र यादव बुधवार भने बजेट पास गर्नु पक्षमा आफै उभिए। बजेटको पक्षमा उभिने मात्र होईन, बजेट पास गर्न जसपाका सांसदहरुलाई ह्विप नै लगाए।
बजेटलाई नस्लवादी, मधेशलाई उपनिवेश वनाउने अस्त्र, वजेट बनाउने कर्मचारीलाई रोगी भनेका अध्यक्ष यादव यसरी एकाएक परिवर्तन भएपछि उनको आलोचना सुरु भएको छ। बजेट पास गर्न सांसदलाई ह्विप नै जारी गरेका उनले मधेशलाई उपनिवेश बनाउन प्रचण्डलाई समर्थन गरेका हुन ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरिएको छ।
बजेट उपेन्द्र यादव