प्रसादको नाममा महिलालाई ‘आफ्नै लिङ्गको टीका’ लगाइदिन्थे यी कथित धर्मगुरु
काफ्लेको लिङ्ग ढोग्नकै लागि आश्रममा जान्थे शशांक कोईराला र नवराज सिलवाल ?
भक्तहरुको ५ करोडभन्दा वढि रकम हिनामिना तथा १ सय तोलाजती सुनका गहना ठगी गरेर भागेका धर्मगुरु ‘शिवसुत गौरी’ असार ९ गते पक्राउ परे।
दोलखा स्थायी घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय पुरुषोत्तम काफ्ले अर्थात शिवसुत गौरीलाई कञ्चनपुरको गड्डाचौकी बाट पक्राउ गरिएको हो।
हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोलेर ठगीको धन्दा सञ्चालन गर्दै आएका उनी भक्तजनहरूलाई यौन दुर्व्यवहार गर्ने, प्रभावमा पारेर पैसा र गहनासमेत लिने गरेको आरोप लागेपछि भागेर भारत पुगेका थिए।
उनले धर्मका नाममा महिलाहरुमाथि निकृत्ष्ठ ब्यवहार गर्ने गरेको खुलेको छ। ‘दिउँसो म तपाईंहरूसँग हुन्छु अनि बेलुका शिवलिङ्गमा विलीन हुन्छु’ भन्दै गफ हाँक्ने उनले महिलाहरूलाई आफूसँग शिवशक्ति भएको भन्दै प्रभावमा पार्थे।
काफ्लेले महिलाहरुसँग नगद तथा गरगहना लिने तथा यौन दुर्व्यवहारसमेत गर्ने गरेको पीडितहरूले वताएका छन्। उनले आश्रममा आउने महिलाहरूलाई आफ्नो लिङ्गको टीका लगाइदिन्थे। कतिपयलाई लिङ्गमा ढोग्न समेत लगाउने गरेको पीडितले जनाएका छन्। महिलाहरूको संवेदनशील अङ्गमा छुने, कसैको तिघ्रा र छातीमा समाउने तथा रिसाएको वहानामा वेला वेला महिलाहरुको अगाडि नै धोती फुकालेर नाङ्गै बस्ने गर्थे।
प्रहरीका अनुसार काफ्लेले दश वर्षदेखि गौशाला क्षेत्रमा आश्रम खोलेर वसेका छन्। जहाँ सामान्य नागरिकदेखि शक्तिशाली नेतासम्म पुग्ने गरेको पाईएको छ। नेपाली कांग्रेसका पूर्व महामहान्त्री तथा सांसद् शशांक कोइराला समेत काफ्लेनको आश्रममा पुगिरहने गरेको वताईन।
यसैगरी, पूर्वडीआईजी एवं एमालेका पूर्व सासंद् नवराज सिलवाल, पशुपति मन्दिरका भट्टहरु नारायण भट्ट, बाशुकी भट्ट लगायत पनि आश्रममा जाने गरेको काफ्लेबाट पीडितहरुले वताएका छन् ।
ब्यूरोले पीडित महिलाहरूको जाहेरी लिएर काफ्ले विरुद्ध ठगीमा अनुसन्धान अगाडि बढाएको छ।
लिङ्ग धर्मगुरु