News

राजेन्द्र लिङदेनले खुश्वु ओलीलाई बोकेपछि पार्टीमा उठ्यो नैतिक्ताको प्रश्न !

राजेन्द्र लिङदेनले खुश्वु ओलीलाई बोकेपछि पार्टीमा उठ्यो नैतिक्ताको प्रश्न !

‘माछा देखे दुलो भित्र हात, सर्प देखे दुलो बाहिर हात।’ यो नेपाली उखान अहिले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामा सर्लक्कै मिलेको छ। गत प्रतिनिधी सभा निर्वाचनमा विद्रोह गरेर झापा क्षेत्र नम्बर ४ मा बागी बनेकी खुस्बु ओली पुनः पार्टीमा भित्रिएर प्रक्षिण विभागको उपप्रमुख भएर यसलाई पुष्टि गरेकी छिन्।

गत निर्वाचनमा एमालेसँग तालमेल गरेको राप्रापाले झापा ४ मा एमालेका लालप्रसाद साँवा लिम्वुलाई साझा उम्मेदवार वनाएको थियो। तर, लामो समयदेखि चुनावको तयारी गरेकी ओलीले टिकट नपाएको झोंकमा पार्टीमा विद्रोह गरिन।

ओलीले विद्रोह मात्रै गरिनन्, गठबन्धनको उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिईन। उनलाई कार्वाही स्वरुप राप्रपा झापा जिल्ला कार्यसमितिले साधरण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गर्यो। ५०१० मतसहित पराजित भएपछि उनको राजनीतिक यात्रामा समेत ग्रहण लाग्यो। 

यसैबीच उनले राप्रपा अध्यक्ष लिङदेनलाई प्रभावमा पारिन र पार्टीमा छिर्ने अवसर श्रृजना गरिन्। लिङ्देनले आफनै संगठनको कारवाहीलाई धज्जी उडाउँदै असार ११ गते ओलीलाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनयन गरे। लिङ्देन यतिमा मात्रै अडिएनन्, असार १२ गते नै उनलाई प्रशिक्षण बिभागको उपप्रमुख समेत बनाई दिए।

लिङ्देनको यो निर्णयले अहिले पार्टीभित्र भाडभैलो सुरु भएको छ। नेताहरुले अध्यक्ष लिङ्देन एकांकी र अदुरदर्शी भएको आरोप लगाउँदै सामान्य नैतिक्ता समेत नदेखाएको बताउन थालेका छन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत लिङ्देनले विधि र पद्धतिअनुसार काम नगरेको आरोप लागेको थियो।

चापलुसी गरेकै आधारमा ओलीले पद र प्रतिष्ठा प्राप्त गरेको विषलाई लक्षित गर्दै कतिपय नेताले नेतृत्वलाई खुशी पार्नेहरु र चाकडी गर्नेहरु मात्रै पार्टीमा हावी हुने हो भने संगठन धराशायी हुने चेतावनी दिए।

लिङदेनको पछिल्लो निर्णयले अधिकांश केन्द्रीय सदस्य आक्रोशित छन्। नेतृत्वको स्तुतिगान गाउनेले मात्र अवसर पाउने हो भने स्वाभिमानी कार्यकर्ताले राप्रपामा लाग्नुको अर्थ नहुने उनीहरुको भनाई छ।

‘अध्यक्षको निर्णयले इमान्दार नेता÷कार्यकर्ताले अपमानित अहसुस गरेका छन’ एक केन्द्रीय सदस्यले भने–‘यही अवस्था हो भने चाप्लुसी गर्न नसक्नेको राजनितिक भविष्य अन्धकार भयो।’

राप्रपाका झापा जिल्ला अध्यक्ष केशव ओझाले भने ओलीलाई कारवाही गर्न सिफारिस गरेपनि निस्कासन नगरिएको आसयमा कुरा गरे। तर, स्पष्ट जवाफ भने दिएनन्। ‘ओलीजीले आत्मआलोचना गर्दै पार्टीमा खट्छु भनेपछि अध्यक्ष ज्यूले जिम्मेवारी दिनुभयो। यो केन्द्रकै निर्णय हो।’, उनले भने। 

राप्रपा राजेन्द्र लिङदेन खुश्वु ओली

विशेष