News

कुख्यात ठेकेदार पप्पु कन्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

कुख्यात ठेकेदार पप्पु कन्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक एवं पूर्वसांसद हरिनारायण रौनियार पक्राउ परेका छन् । उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो।

एक करोडभन्दा बढी ठगीको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । रौनियारविरुद्ध गत वैशाखमै बाँके प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई उतै पठाउने तयारी भइरहेको जनाईएको छ।

तत्कालीन संघीय समाजवादी फोरमका नेता रौनियार २०७४ को निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । पप्पु कन्ट्रक्सन योजना अलपत्र पार्ने ठेकेदारका रुपमा कुख्यात छ। 

गत असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको जब्दिघाटको बबई पुल निर्माणमा गुणस्तर कायम नगरी भ्रष्टचार गरेको भन्ने विषयमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले मुद्दा दायर गरेसँगै उनको पद निलम्बनमा परेको थियो। 
 

विशेष