News विदेश

अन्तर्राष्ट्रिय दबाबका कारण प्रधानमन्त्री र ज्याक मा को भेटबार्ता भएन

अन्तर्राष्ट्रिय दबाबका कारण प्रधानमन्त्री र ज्याक मा को भेटबार्ता भएन

आकस्मिक रुपमा नेपाल भ्रमणमा आएका चिनियाँ खर्बपति ज्याक मा अन्तर्राष्ट्रिय दबाबका कारण प्रधानमन्त्रीसँग नभेटी फर्किएका छन्। तीन दिन नेपाल बसेका ज्याक बिहीबार पाकिस्तानको लाहौर गए।

जेट एभिएसन बिजनेस जेट्स (हङकङ) लिमिटेडको बोइङ ७३७ म्याक्स–८ जहाज मार्फत नेपाल आएका उनले कोभिड महामारी र अरु बेला पनि नेपाललाई सहयोग गर्दै आएका छन्। नेपाल आउँदा उनले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गर्ने जनाईएको थियो।

ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गराउन कांग्रेस नेता तथा सांसद विनोद चौधरीले प्रयास गरेका थिए। तर, अन्तिम समयमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री महतले मासँग भेट गर्न मानेन।

चिनियाँ र भारतीय पक्षबाट मासँग औपचारिक भेटवार्ता नगर्न सूचना आएपछि दाहाल र महत अन्तिम समयमा हच्किएको स्रोतको दावी छ। चिनियाँ वित्तीय नियामक निकायको आलोचना गरेपछि उनी सार्वजनिक रुपमा गुमनाम जस्तै छन्।

भारतीय पक्षले भने माले ठूलो लगानी साझेदारीको प्रस्ताव गर्न सक्ने आशंकामा उनलाई नभेट्न अर्थमन्त्रीलाई अप्रत्यक्ष सुझाव दिएको स्रोत वताउँछ। भारतले पछिल्लो समय नेपालमा चिनियाँ लगानीप्रति प्रश्न उठाउँदै आएको छ।
 

ज्याक मा

विशेष