ललिता निवास काण्डमा भाटभटेनीका साहुलाई किन टार्गेट बनाइयो ?
ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जनालाई प्रहरीले हिरासतमा राखेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध ललिता निवास प्रकरणमा मुद्दा चलाइसकेको छ। उनीविरूद्ध अख्तियारले ३९ करोड २७ लाख ६८ हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको छ। उक्त मुद्दामा गुरूङ तीन करोड रूपैयाँ धरौटीमा रिहा भएका थिए।
यसरी अख्तियारले छानबिन गरेर मुद्दा चलाइसकेका गुरूङलाई फेरि किन सिआइबीले पक्रियो? भन्ने विषय अहिले चासोको विषय भएको छ। एक जना फेसबुक प्रयोगकर्ता राजनकुमार आमात्यले उनको पक्राउमा यसरी प्रतिक्रिया जनाएका छन्।
१. जग्गा फिर्ता गर्ने प्रक्रिया २०४० को दशकमा नै सुरु भएको रहेछ जति बेला भाटभटेनीको एउटा सानो किराना पसल मात्र थियो। उसले न त्यत्रो जग्गा किन्ने हैसियत राख्थ्यो न चलखेलको लागि पैसा थियो न कुनै कर्मचारी र मन्त्रीलाई प्रभाव पार्न सक्ने शक्ति थियो। यसैले सरकारी जग्गा व्यक्तिलाई फिर्ता गर्ने प्रक्रियामा भाटभटेनीको कुनै संलग्नता हुने सक्दैन।
२. भाटभटेनीले यो जग्गा सरकारीबाट व्यक्तिलाई फिर्ता प्रकरण सुरु गरेको १० वर्ष भन्दा पछि मात्र सम्पूर्ण सरकारी प्रक्रिया पुरा गरेर मालपोत नापीबाट स्वीकृत भएर आएको व्यक्तिको जग्गा जसरि नै अरु सबैले खरिद गर्छ सोहि अनुसार प्रचलित दर रेटमा सम्पूर्ण रकम चेकबाट बैंकिंग कारोबार गरि पारदर्शी तवरले खरिद गरेको हो। यसको रेकर्ड सम्बन्धित सबैले अहिले पनि हेर्न सक्छ।
३. तपाइँ हामी सबैले जग्गा किन्दा त्यो जग्गाको तिन पुस्ते हेर्दैनौ, हामीलाई त्यो जानकारी पनि हुदैन। जग्गा रोक्का छ छैन मालपोत, नापी शाखाले नै प्रमाणित गर्ने हो। र भाटभटेनीले पनि सोहि अनुसार व्यक्तिले जग्गा बेच्ने भन्यो, र व्यक्तिसँग भाउ मिले पछी जग्गा किनेको देखिन्छ। त्यसैले यसमा भाटभटेनीको कुनै दोष देखिदैन।
४. भाटभटेनीको सम्पूर्ण कारोबार वा प्रत्येक बिल तपाइले काउन्टरमा पैसा तिर्दा तिर्दै लाईभ राजस्व कार्यालयम जोडिन्छ। सम्पूर्ण नेपालीहरुको बिश्वास जितेर पारदर्शी ब्यापार भईरहेको स्पस्ट छ। यत्रो पैसा कसरि कमायो भनेर अरुको जस्तो शंका गर्ने ठाउ नै छैन। नेपालमा सबै भन्दा पारदर्शी ब्यापार नै भाटभटेनीमा छ। सबै सामानको मूल्य फिक्सड छ। बैंकको ऋण कति छ सम्बन्धित निकायलाई थाहा नै छ। बार्षिक करोडौ कर तिर्छ, स्पस्ट नै छ।
५. काठमाडौंमा सरकारी जग्गामा व्यक्तिले घर जग्गा ओगटेको र पछी सरकारी प्रमाणित भए पछी उक्त घर जग्गा भत्काई सरकारले फिर्ता लिएको प्रशस्त उदाहरण छन्। जस्तै सडक चौडा गर्दा, खोला किनारका जग्गा फिर्ता गर्दा। तर यसो गर्दा त्यो घर जग्गा धनीलाई कुनै मुद्दा लगाएको हालसम्म सुने पढेको देखेको छैन। कानुन किन फरक फरक? सोहि प्रक्रिया किन यसमा लागु गरिएन?
७. अख्तियारले सोहि मुद्दामा तारिख लगाई रहेको र तारिक अनुसार नियमित उपस्थित भै रहेको व्यक्तिलाई सोधपुछको लागि नबोलाई पक्राउ नै गर्नु पर्ने किन?
८. बैंकको ७०% प्रतिशत भन्दा बढी पैसा मारवाडी समुदायले ऋण लिएको, पहाडी नेपाली मध्ये औलामा गन्न सकिने व्यक्तिहरु मात्र नेपालमा नै दुख गरेर संघर्ष गरेर ब्यबसाय गरि रहेको अवस्थामा यसरि हतोत्साह गर्दा के अरु उद्यमी ब्यबसायी वा भाबि सन्ततिहरुलाई कस्तो संदेश जाला? घुस खाएर सबै पैसा विदेश लैजा वा नेपालमा नबस भन्न खोजेको हो ?
९. जति पैसा कमाए पनि विलासी उपभोग कहिल्यै नगर्ने मध्यपान, जुवा तास, मासु समेत नखाने, चना र चिउराको भरमा प्लास्टिकको कुर्सीमा बसेर दिनको १८ घण्टा खटेर काम गर्ने व्यक्ति नेपालीहरुको लागि नेपालमा नै केहि गर्न सकिन्छ भन्ने उदाहरणीय व्यक्तिलाई किन हतोस्साह गरिदैछ ?
१०. नेपालमा सबै भन्दा ठुलो रोजगारी र त्यसमा पनि महिलाको लागि, भाटभटेनीले प्रत्येक्ष रुपमा नेपालको सबै कम्पनि भन्दा धेरै करिब १० हजारलाई अप्रत्येक्ष र अरु धेरैलाई रोजगारी दिई राखेको छ ।
११. भूकम्प, नाकाबन्दी, कोभिड जस्तो जटिल समयमा अत्यावश्यक सामाग्रीहरुको बाहिर ब्यापक भाउ बृद्दी भै रहदा पनि १ पैसा भाउ नबढाई आफै घाटा खाएर भए पनि उपभोक्तालाई सेवा सुबिधा दिने व्यक्तिलाई किन हतोत्साही गरिदै छ ?
आम नेपालीले भित्रि मन देखि सोच्ने र बोल्ने समय हो यो। नेपालमा गैर कानुनी काम नगरी धन कमाउन सकिँदैन र सबै धनी व्यक्तिहरु चोर फटाहा हुन भन्ने भाष्य स्थापित हुँदै छ । जुन विडम्बना पूर्ण छ ।
अवश्य केही व्यक्तिले अपारदर्शी तवरले अकुत सम्पत्ति कमाएको होला । तर घाम जस्तै छर्लङ्गै देखिने व्यवसाय गरेर र रातो दिन, हुँदा वर्षा, घाम पानी, चाड पर्व, नातेदार, आफन्त, सुख सुविधा, पब्लिसिटी सबै त्यागेर अहोरात्र परिश्रम गरेर लाखौं ग्राहकहरुको मन जितेर आर्जन गरेको सम्पत्तिलाई सर्व साधारणले पनि सकाात्मक तवरले हेर्न जरुरी छ ।
अलि बाबाको मालिक ज्याक मा पनि एक दिनअघिसम्म नेपाल भ्रमणमा थिए। उनले पनि पुर्ख्यौली सम्पत्ति बिना आफ्नै प्रयासले विश्वको धनाढ्य बनेका थिए। यस्ता प्रशस्त उदाहरण छन् । नेपालमा पनि सही तवरले धैर्यताका साथ मेहनत गरेमा आफ्नै जुनीमा सफल हुन सकिन्छ भन्ने जल्दो बल्दो उदाहरण हो भाटभटेनी ।
२०७२ सालको महा भूकम्प र लगत्तै भएको नाकाबन्दीको समयमा सबै उद्योगी व्यवसायी हताश निराश भएका थिए । उनले साना व्यवशायीहरूलाई यसरी सम्झाएको झल्झली सम्झन्छु । उनले ढाडस दिँदै भने, ‘सबै परिस्थिति राम्रो हुँदा त सबैले काम गर्न सक्छ । तर जटिल परिस्थितिमा पनि दौडिन नसके पनि बिस्तारै घस्रिदै भए पनि अगाडि बढी रहनु पर्छ । तव मात्र गन्तव्यमा पुग्न सकिन्छ ।’ यसरी सबैको मनोबल बढाई दिन्थे।
मुखले अर्ती उपदेश मात्र होईन, प्रत्यक्ष आफैले काम गरेर देखाएका हुन। यत्सा व्यक्ति नेपालमा शायदै होला ...
ललिता निवास मिनवहादुर गुरुङ्ग भाटभटेनी