अमेरिका पुगिसकेका १७८ नेपालीलाई किन फर्काईयो नेपाल ?
अमेरिका पुगिसकेका १७८ नेपालीलाई नेपाल फर्काइएको छ। अवैध बाटोबाट अमेरिका गएको पाईएपछि उनीहरुलाई नेपाल फर्काईएको हो।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ।
भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो छ भने दुबई, रूस र थाइल्यान्डको बाटो पनि प्रयोग गर्ने गरेको पाईएको छ।
जुनसुकै बाटो प्रयोग गरे पनि अत्यमा ब्राजिल पुगेर त्यहाँबाट अमेरिका छिर्ने गरेको पाईन्छ। यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यानसमेत जाने गरेको पाइएको छ।
युरोप र अमेरिका छिर्ने लोभमा कतिपय युवाहरू बेचबिखन र तस्करीमा समेत पर्ने गरेको पाईन्छ। ले जनाएको छ।
ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५÷७६ मा अमेरिका पुगेका ४५ जना पुरूष, ०७६/७७ मा ८१ पुरूष र २ जना महिला, ०७७/७८ मा २८ जना पुरूष र दुई जना महिला, ०७८/७९ मा १३ जना पुरूष र २०७९/८० मा ७ पुरूष डिपोर्ट भएको तथ्यांक छ।