News

बालकृष्ण खाण र सचिव पाण्डेको बयान वाझियो, इन्कारी बयानले जोगिएलान खाण ?

बालकृष्ण खाण र सचिव पाण्डेको बयान वाझियो, इन्कारी बयानले जोगिएलान खाण ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा लिईएको वयानमा पूर्वमन्त्री बालकृष्ण खाण र तत्कालिन सचिव टेकनारायण पाण्डेको कुरा वाझिएको छ। 

पक्राउ पर्ने कल्पनै नगरेका पूर्वगृहमन्त्री खाँण निवासबाट पक्राउ पर्दा आफ्नो साथमा रहेको कागजको चिट च्यातेर फालेका थिए । त्यही चिट जोडेर प्रहरीले उनलाई नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको प्रमाणको रुपमा पेश गरेको छ ।

बयानका क्रममा भने उनले चिट च्यातेको र त्यसमा लेखिएको व्यहोराबारे आफुलाई कुनै जानकारी नभएको वताएका छन् । उनले भुटानी शरणार्थी प्रकरणकै वारमा आफु जानकार नरहेको वताएका छन् ।

शरणार्थीलाई तेस्रो देश पठाउन गृह मन्त्रालयबाट अघि बढाएको प्रक्रियाबारे सचिव र सम्बन्धित महाशाखा प्रमुखहरुलाई जानकारी हुने भन्दै उनले महाशाखा र सचिव हुँदै आफूकहाँ पेश भएको फाईल सदर भएर मन्त्रिपरिषदमा पुगेको बयान दिएका थिए ।

खाँणलाई नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका मुख्य आरोपी केशवप्रसाद दुलाल र सानु भण्डारीले रकम लिएको भनेका छन्। सचिव टेकनारायण पाण्डे र भुटानी शरणार्थी नेता टेकनाथ रिजालले समेत बयानमा खाँणको नाम पोलेका छन्।

उनले आफुलाई धार्मिक प्रवृत्तिको व्यक्ति भन्दै जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि नसक्ने दावी गरेका छन् उनले भनेका छन्–‘मेरो राजनीति सिध्याउन रचिएको षड्यन्त्र हो । कुनै पनि कसुरमा मेरो संलग्नता छैन।’

यता, सचिव टेकनारायण पाण्डेले भने पूर्वगृहमन्त्री खाँणको निवासबाट बरामद भएको कागज आफूले लेखेको स्वीकारेका छन् । उनले भनेका छन्–‘मलाई पक्राउपूर्जी जारी हुँदैछ भन्ने जानकारी पाएपछि हतासमा नोटबुकमा लेखेको थिएँ। उक्त राति म बस्न घर बाहिर गएँ, बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएको रहेछ ।’

उक्त नोट लेखेर निजी सचिव नरेन्द्र केसीमार्फत पूर्वमन्त्री बालकृष्ण खाँणलाई पठाएका थिए । आफूलाई आकस्मिक रुपमा पक्राउ गर्न आएको प्रहरीलाई छल्ने क्रममा खाणले उक्त कागज च्यातेर फालेका थिए ।

कागजमा दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्ने नभए मन्त्रीज्यू समेतको मुद्दा जानसक्ने वताईएको थियो। अदालतमा इन्कारी बयान दिएर मात्र नहुने भन्दै उनले म्याद थप भएको एक साताभित्र जुन सुकै हातलमा मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग पनि लेनदेनको विषयमा कुराकानी नै भएको छैन भनेर पुनः बयान गराउनुपर्ने सन्देश खाँणसम्म पठाएका थिए ।

यस विचमा खाँणले आफ्ना निजी सचिव नरेन्द्र केसीमार्फत आङटावा शेर्पामार्फत एक करोड रुपैंया फिर्ता दिएका थिए । तर शेर्पाले सानु भण्डारीका दाजु राजु भण्डारीलाई ३० लाख रुपैयाँमात्रै दिए।
 

भुटानी शरणार्थी

विशेष