News

अपराधी ठहरिएका रेशमले आममाफी पाउना साथ सुरु गरे राज्य कोषको दोहन!

अपराधी ठहरिएका रेशमले आममाफी पाउना साथ सुरु गरे राज्य कोषको दोहन!

टिकापुर हत्यामा दोषी ठहर भई पाँच वर्ष जेल बसेर चोरबाटोबाट आम माफी पाई रिहा भएका रेशमलाल चौधरीले राज्यको साधन स्रोत दोहन गर्न थालिसकेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरी बुधवार टिकापुर पुग्दा नगरपालिकाको सरकारी गाडीमा थिए। कैलाली कारागारमा टीकापुर घटनाका बन्दीलाई भेट्न उनी नगरपालिको से १ झ २९४ नम्बरको गाडी दुरुपयोग गर्दै पुगेका थिए।

टीकापुर हत्याकाण्डमा तीन तहकै अदालतबाट दोषी ठहर भई आजिवन कारावासको सजाय पाएका उनी राजनीतिक दलको निगाहमा राष्ट्रपतिबाट आममाफी पाएर सोमबार बिहान रिहा भएको थिए। 

थरुहट थारुवान संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपाने र ८ वर्षिय बालकसहित ८ जनाको मृत्यु भएको थियो। 

सोही घटनामा दोषी ठहर भएका चौधरीलाई अदालतले आजीवन काराबासको सजाय सुनाएपछि हाल उनी डिल्लीबजार जेलमा थिए।
 

रेशमलाल चौधरी

विशेष