News

मोदीलाई नयाँ परिचय दिएर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

मोदीलाई नयाँ परिचय दिएर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतबाट शनिबार साँझ स्वदेश फर्किएका छन् । चार दिने भ्रमण सकेर दाहाल शनिबार साँझ नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् ।

दाहालले भ्रमणका क्रममा रतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।

समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा वुधवार भारत गएका दाहालले मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

प्रधानमन्त्री दाहालले भ्रमणको क्रममा शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए । उनको यो पूजा भने मोदीलाई ‘आफु नास्तिक नभई भगवान भक्त भएको’ परिचय दिनका लागि गरिएको धेरैको अनुमान छन् ।

यसैगरी, उनले इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरे। दाहालले आफ्नो भारत भ्रमणलाई ऐतिहासिक उपलब्धिको रुपमा व्याख्या गरेका छन् । उनले दीर्घकालीन विद्युत् व्यापारमा धेरै महत्वपूर्ण सुरुवात भएको बताएका थिए ।

प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरे।
यो पनि,

विशेष