News विदेश

भारतीय विदेश मन्त्रालयले चुहायो नयाँ संसद भवनमा भएको नक्साको वास्तविक्ता

भारतीय विदेश मन्त्रालयले चुहायो नयाँ संसद भवनमा भएको नक्साको वास्तविक्ता

भारतको नयाँ संसद भवनको भित्तामा कुँदिएको चित्र (मुरल)बारे विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मुख खोलेका छन्। उक्त नक्सा नेपालले सोचेजस्तो नभई राजा अशोकाको समयमा उनले विस्तार गरेको राज्यको अवस्था झल्काउने क्षेत्र भएको बागचीले वताएका छन्।

नक्सा बारे नेपालले आपत्ति जनाएपछि भारतको पहिलो आधिकारिक धारण सार्वजनिक गर्दै उनले दक्षिण एसियाको भौगोलिक भित्तेचित्र भएको संकेत गरे। जसमा नेपालको कपिलवस्तु, लुम्बिनी, विराटनगर तथा पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ। 

बागाचीले साप्ताहिक पत्रकार सम्मेलनमा भने, ‘संसद्मा जे राखिएको छ, त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ। यी भित्ते चित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछन्। भित्ते चित्रले त्यही कुरा बताउँछ।’

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको जारी भारत भ्रमणमा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताए। नेपालका इतिहासकारले यसलाई गलत भनेका छन् भने भारतसँग नजिकको सम्वन्ध भएको मानिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत त्यसका वारेमा आपत्ति जनाएका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको बताएका छन्।

उनले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने स्पष्ट पारेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको क्रममा सो नक्सा संसद भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताएका थिए। 

भारतसँग सो गल्ती सच्याउने बारेमा कुरा नगर्ने हो भने प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने उनले बताए पनि दाहालले भने सो विषयमा कुनै नगरेको पाईएको छ।

यसअघि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले पनि भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताएका थिए। 
 

नयाँ संसद भवन नक्सा मुरल

विशेष