स्वीडेनमा सेक्सलाई खेलको मान्यता, विहिवारदेखि सेक्स प्रतियोगिता

युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचीमा समावेश गरेको छ। योसँगै अव सेक्स प्रतियोगिता हुने भएको छ।
स्विडेनमा सेक्सलाई खेलको मान्यता दिइएपछि स्विडिस सेक्स खेल महासंघ पनि गठन गरिएको छ भने महासंघले ८ जून अर्थात् आगामी बिहीबारभन्दा अगाडि नै पहिलोपटक युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको आयोजना गर्दैछ।
स्विडिस सेक्स फेडरेसनको सो सेक्स च्याम्पियनशीप प्रतियोगिता केही हप्तासम्म चल्नेछ । यसमा सहभागी प्रतिस्पर्धीहरुले हरेक दिन ६ घण्टाका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताइएको छ । निर्णायकको प्यानल र दर्शकको भोटको आधारमा यौन प्रतियोगिताका विजेताहरू छानिनेछन् । ६ हप्तासम्म चल्ने युरोपियन सेक्स च्याम्पियनसिपमा सहभागीहरूले आफ्नो खेलअवधिको आधारमा दैनिक ४५ मिनेटदेखि एक घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुनेछन् ।
जोडीबीचको केमेस्ट्री, सेक्सबारेको ज्ञान, सहनशीलताको स्तर आदिलाई ध्यानमा राखेर विजेताको अन्तिम निर्णय गरिने बताइएको छ ।
विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा बडी मसाजसम्मका क्रियाकलाप पनि सामेल गरिने बताइएको छ । हालसम्म यो प्रतियोगितामा सहभागिता जनाउनका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरुले आवेदन दिइसकेको बताइएको छ ।
आयोजकहरुका अनुसार सेक्सुअल ओरिन्टेसन अर्थात् यौन आकर्षणले यो खेलमा एक रणनीतिक भूमिका निर्वाह गर्न सक्दछ । आयोजकले भनेको छ– खेल रणनीतिको हिस्साको रुपमा सेक्सुअल ओरिएन्टेसनको महत्वपूर्ण विकास युरोपेली देशहरुका बीचमा हुनेछ ।
यौन प्रतियोगिताको आयोजक स्विडिस सेक्स फेडरेसनले युरोपेली देशमा यो महत्वपूर्ण नयाँ सुरुआत हुने विश्वास व्यक्त गरेको छ । यो निर्णयको कतिपयले आलोचना गरेका छन् भने कति मौन छन् ।
सेक्स प्रतियोगिता