News

सन्दीप लामिछाने अभ्यास खेल खेल्न दक्षिण अफ्रिका जाँदै, अदालतले दियो साधारण तारेख

सन्दीप लामिछाने अभ्यास खेल खेल्न दक्षिण अफ्रिका जाँदै, अदालतले दियो साधारण तारेख

अदालती प्रकृयाका कारण रोकिएका क्रिकेटर सन्दीप लामिछाने सोमबार नेपाली दक्षिण अफ्रिका जाने भएका छन् । आफु विरुद्धको बलात्कार मुद्दाको फैसलाको पेशी पछाडि सरेपछि उनी टोलीसँग अभ्यास खेल खेल्न दक्षिण अफ्रिका जाने भएका हुन्।

लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका विचाराधीन मुद्दाको असार २९ गतेलाई साधारण तारेख तोकिएको छ। लामिछानेका कानुन व्यवसायी सापकोटाका अनुसार उनी विश्वकप छनौटबाट फर्केपछि पेशी तोकिने अनुमान गरिएको छ।

लामिछानेविरुद्ध जिल्ला अदालतमा रहेको नाबालिका बलात्कारको मुद्दा पछिल्लो समय पेशी चढ्ने अनि सुनुवाइ सर्ने हुँदै आएको छ। यसअघिको पेशी पनि निवेदकले दिएको राहत सम्बन्धी निवेदनमा सुनुवाइ हुुनपर्ने भन्दै स्थगित भएको थियो।

पेसी सरेपछि लामिछाने अभ्यास खेलमा जान पाएनन्। त्यसपछि क्यानले उनका कानुन व्यवसायीसँग सल्लाह गर्दै अदालतमा पनि पेशी नतोकी साधारण तारेखका लागि अनुरोध गरेको थियो। विश्वकप छनौट खेलका लागि महत्वपूर्ण खेलाडी भएकाले अन्तर्राष्ट्रिय रुपमा यस्तो अभ्यास भएको भन्दै उनीहरुले सुविधा माग गरेपछि अदाललते यस्तो सुविधा उपलब्ध गराएको हो।

जिम्बाबेमा हुने खेलमा छनौट हुन सकेमा नेपालले विश्वकप खेल्ने छ। नेपालले ८ जुनमा स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा वार्मअप खेल खेल्नेछ। त्यसपछि नेपाली टोली जिम्बाबे जानेछ। जिम्बाबेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ।

छनौट प्रतियोगिता भने १८ जुन देखि ९ जुलाई सम्म हुनेछ। नेपाल, वेस्ट इन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ’ए’ मा छन्। समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन्। नेपालले १८ जुनमा जिम्बाबेसँग खेल्दै आफ्नो खेलको सुरुवात गर्नेछ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा समूह ‘बी’ बाट आउने तीन टोलीले समूह ’ए’ का तीन टोलीसँग खेल्नेछन्। त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन्।

सन्दीप लामिछाने

विशेष