News

प्रचण्डले बल्ल पाए शान्ति !

प्रचण्डले बल्ल पाए शान्ति !

१० वर्षे सशस्त्र द्वन्द्वका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल आफनो थाप्लोमा १७ हजार मान्छे मारेको कलंक बोकेर बाँचिरहेका छन्। हुन त उनी ५ हजारको जिम्मा आफुले लिने बाँकी राज्यले मारेको भन्दै भाषण गर्छन। तर उनले नै सुरु गरेको जनयुद्ध कारक भएकाले आम नागरिकले दाहाललाई नै १७ हजारको मृत्युमा जिम्मेवार ठान्छन्।

यतिमात्रै होईन, धर्मलाई अफिम र विकासको बाधक भन्दै गाई काटेर भोज गर्ने, मन्दिर भत्काउने, हिन्दु धर्मका पण्डितहरुको हत्या गर्ने, संस्कृत पढाउन बन्द गर्ने र ढिकुरो फुटाउनेसम्मका काम उनकै नेतृत्वमा भएका छन्। 

माओवादी कार्यकर्ताले ०६० सालमा अछामको विनायकमा कालोसिम्लो मस्टो देवताको मन्दिर भत्काए। मन्दिरमै दिसापिसाब गरेर हिडे। पुराण वाचक पण्डित नारायण पोखरेलको हत्या गरे। विद्यालयमा पुगेर संस्कृत विषयको प्रश्नपत्र जलाए। किरिया गर्न लाग्दा ढिकुरो फुटाए। यो सवै काम सुप्रिमो दाहालकै निर्देशनमा भयो।

परापुर्व कालदेखी नेपाली समाजमा चल्दै आएको मान्यता के छ भने हत्या, हिन्सा, बलात्कार लगायतका अपराधिक काममा संलग्न ब्यक्ति सजायबाट जोगियो भने पनि उसको मन अशान्त हुन्छ। मानसिक रुपमा तनावपूर्ण अवस्थामा रहन्छ। भनाई नै छ–‘पाप धुरीबाट कराउँछ।’ त्यसैले माओवादी अध्यक्ष दाहाल असान्त छन् भन्ने धमर्मा आश्था राख्ने अधिकांशको मान्यता छ। भनिन्छ–‘त्यसैले उनी बेला–बेलामा बोली फेर्छन, अडानमा टिकीरहन सक्दैनन्। अस्थिर छन्। विश्वास योग्य छैनन्। स्वार्थका लागि जस्तो सुकै सम्झौता गर्न तयार हुन्छन्।’

उनका ब्यवहार र गतिविधिले पनि यी कुराहरुलाई पुष्टि चै गर्छन। त्यसैले अव भने दाहाल आत्म शान्ति र मुक्तिको बाटोमा लागेका छन्। उनी कहिले भैंसी पूजा गर्छन भने कहिले मन्दिरमा पुगेर १०८ किलो रुद्राक्ष चढाएर भगवानको शरणमा पर्छन।  

चार दिने भारत प्रमणका क्रममा पनि उनी धार्मिक विविधताले भरिपूर्ण उज्जैनको महाकालेश्वर मन्दिर पुगे। यो भ्रमणको विशेष महत्व छ। उज्जैन, आध्यात्मिक सम्पदामा अटल विश्वासको सहर, अन्तर–धार्मिक सद्भाव र सह–सम्मानको ज्योति मानिन्छ।

स्थानीय आध्यात्मिक नेताहरूकासँग पुगेका प्रधानमन्त्री दाहालले सहिष्णुता र समावेशीताको महत्वलाई जोड दिँदै पवित्र मन्दिर र धार्मिक क्षेत्रहरुको तीर्थयात्रा गर्न थालेका छन्। मन्दिरमा पुगेर भगवानको शरणमा पर्नु आफैमा शान्ति यात्रको प्रयास हो।

त्यसैले उनले पक्कै पनि उज्जैनमा शान्ति पाए होलान भन्ने मानिन्छ।

महाकालेश्वर मन्दिर

विशेष