News

बालकृष्णलाई बचाउन पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षसहित लागे

बालकृष्णलाई बचाउन पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षसहित लागे

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाँणलाई वचाउन पूर्वमहान्यायाधिवक्ता र बारका पूर्वअध्यक्ष समेत लागेका छन्।

जिल्ला अदालतमा आजदेखि सुरु हुने थुनछेक वहसमा उनीहरुसहित डेढ दर्जनभन्दा बढी वकिलले उनको पक्षमा बहस गर्ने भएका छन्।

पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव, सर्वोच्च बारका पूर्वअध्यक्ष हरिहर दाहाल, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्का, योगेन्द्र अधिकारीसहित  १८ जनाभन्दा बढी अधिवक्ताले खाँणका पक्षबाट बहस गर्न नाम टिपाएका छन्। 

खाती खाँण गृहमन्त्री भएकै बेला महान्यायाधिवक्ता थिए भने अधिकारी डेमोक्र्क्याटिक लयर्स एसोसिएसनका अध्यक्ष हुन्।  उक्त प्रकरणमा ३० मध्ये हालसम्म १८ प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेका सबैको बयान सकिएसँगै अदालतमा आज थुनछेक बहस सुरु हुँदैछ।

बहस जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुनेछ। 

भुटानी शरणार्थी

विशेष