News

आफनो 'विवाहको कार्ड’मा धोनीको फोटो छपाएपछि भाईरल

आफनो 'विवाहको कार्ड’मा धोनीको फोटो छपाएपछि भाईरल

भारतमा एक युवकले आफनो विवाह कार्डमा दुलाहा दुलही भन्दा वढि महत्व दिएर क्रिकेट स्टार महेन्द्रसिंह धोनीको फोटो छपाएपछि तिव्र चर्चा भईरहेको छ। रायगढ जिलाको लैलूंगाको तमनार प्रखण्डस्थित मिलूपाराको कोडकेल गाउँका दीपक पटेलले आफनो विवाह कार्डमा धोनीको फोटो छापेका हुन।

उनले एमएस धोनीलाई विवाहका लागि निमन्त्रणा गर्न कार्ड पनि पठाएका छन्। बाल्यकालदेखि नै महेन्द्र सिंह धोनीलाई आदर्श मान्ने गरेका उनले कार्डमा धोनीको फोटोसँगै जर्सी नम्बर र उनको नाम पनि छापेका छन्।

अहिले भाईरल भईरहेको कार्डमा दुलहा र दुलहीको नामभन्दा महत्व दिएर धोनीको फोटो राखिएको छ। कार्डको भित्री भागमा विवाहको मिति सहित विवाहस्थलको जानकारी र आफन्तको ठेगाना दिइएको छ।

यो भन्दा पहिला पनि कर्नाटकका एक समर्थकले धोनीको फोटो विवाह कार्डमा छपाएका थिए। जसमा धोनीको सिल्ड र मेडलसहितको फोटो छ। महेन्द्र सिंह धोनीले आफनो कप्तानीमा चेन्नई सुपर किङ्सलाई पाँचौ पटक इण्डियन प्रीमियर लीगको ट्रफी जिताएका छन्। 

विवाह कार्ड

विशेष