News

संसदमा प्रचण्ड झ्वाँकिएपछि योगेशले ठेगान लगाए

संसदमा प्रचण्ड झ्वाँकिएपछि योगेशले ठेगान लगाए

प्रतिनिधि सभाको आजको वैठकमा सांसदहरुले एकपछि अर्को प्रश्न उठाएपछि झ्वाँक्किएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले सांसद योगेश भट्टराईले ठेगान लगाएका छन्।

सांसद भट्टराईले नागरिकता विधेयकको कन्टेन्टमा बहस गर्न आफूहरू तयार रहेको बताउँदै झ्वाँक नचलाउन प्रधानमन्त्रीलाई सचेत गराए। ‘प्रधानमन्त्रीले आफ्नो मन्तव्य दिँदा निकै झ्वाँक देखाउनुभयो। यसरी झ्वाँक देखाउने छुट तपाईंलाई छैन’ उनले भने–‘नागरिकता विधेयक प्रक्रियागत हिसाबले हामीले प्रश्न उठाएका हौं। कन्टेन्टमा छलफल गर्न हामी तयार छौं।’

यसअघि प्रधानमन्त्री दाहालले ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश र केही दिन पहिले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विधेयकका विषयवस्तु तुलना गरेर वाचन गरेका थिए ।

सांसद भट्टराईले संसद्मा विगतमा माओवादीले लिएको नागरिकता विधेयकसँग सम्बन्धीत अडान छाडेको बताएका थिए । जवाफमा प्रधानमन्त्रीले भने, ‘मैले के कुरा पनि स्मरण गराउन चाहन्छु भने राज्य व्यवस्था समितिमा अझ १५ वर्ष हुनुपर्छ भन्थ्यो, पछि ७ वर्षमा आयो भन्नुभयो । तपाईंहरू किन पछि हुनुभयो ७ वर्ष किन नराख्या ? अघि मैले पढेको अध्यादेशमा कहाँ गयो ७ वर्ष ? खोइ १५ वर्ष ?’

प्रधानमन्त्री दाहालले नेपालमा विवाह गरेर आउने महिलालाई कति वर्षमा नागरिकता दिने भन्ने निश्चित वर्षको सीमा राख्नुपर्छ भन्नेमा आफू रहेको बताए। 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले समय सीमा राख्ने विषय संसद्मा नै भनेपछि वधेयक प्रस्तुत भएको बताए । त्यतिबेला जन्मसिद्ध आमाबाकुका सन्तानहरू नागरिकता नपाएर प्रताडित भएकाले समस्या समाधान गर्न विधेयक ल्याइएको र नेपालमा विवाह गरेर आउने महिलालाई सीमा राख्ने विषय थाती रहेको बताए ।

विशेष