News

विद्यार्थीलार्य यौन दुर्व्यवहार गरेको आरोप लागेका मदन राई ४ लाख धरौटीमा रिहा

विद्यार्थीलार्य यौन दुर्व्यवहार गरेको आरोप लागेका मदन राई ४ लाख धरौटीमा रिहा

आफ्नै संरक्षकत्वमा संचालन भईरहेको विद्यालयका बालिकालाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राई चार लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले सोमवार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम)’का संस्थापक राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेपछि प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले घट्नाको अनुशन्धान सकेपछि सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा लगेको थियो।

बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग गर्दै राई विरुद्ध मुद्दा दर्ता गरिएको थियो। बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।

त्यस्तै यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको उनीमाथि आरोप थियो। यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य गरेको अभियोग राईलाई लागेको थियो।

सरकारी वकिल कार्यालयले उनलाई ७५ हजार रूपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरेको थियो। राईले आफूलाई पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै एक किशोरीले जाहेरी दिएकी थिईन।

७ वर्षदेखि शुभम फाउन्डेसनमा बस्दा ७५ वर्षीय राईले आफूमाथि पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायत कार्य गरेको आरोप ती किशोरीले लगाएकी थिइन्।

मदन राई

विशेष