News

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका कसरी छुटे सवारी मन्त्री ?

गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जाने ?

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका कसरी छुटे सवारी मन्त्री ?

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन अघि जम्बो टोली लिएर भारतको चार दिने भ्रमण गरेर फर्किए। दाहालको एक सय जनाभन्दा वढिको भ्रमण टोलीमा एक जना मन्त्री नै छुटेको पाईएको छ।

प्रधानमन्त्री दाहालको उक्त टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँती भने थिएनन्। तर, आफु छुटेको नभई दुई देशबीचमा उपलब्धिमूलक सम्झौता नहुने भएका कारण आफै भारत भ्रमणमा नगएको बताएका छन् ।

मंगलबार काठमाडौंमा खिजिदेम्बाहुँदै नयाँ पर्यटन पदमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्न आयोजित कार्यक्रममा किराँतीले आफूले हेलिकोप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण पनि नजाने प्रण गरेको बताए ।

‘हेलिकोप्टर को चढिएन ? भयो के ? यतिसम्म भयो कि ठूला व्यापारी, धनाढ्य घरानाकाले त उडाउने नै भए । कति हो कति हुँदो रहेछ, पर्यटन मन्त्रालय उड्नुपर्ने । ७० वटा जति देशबाट त निमन्त्रणा नै आयो । भ्रमण पनि जान्नँ भन्दिएँ’ उनले भने–‘मैले हेलिकोप्टर पनि नचढ्ने दुई देशबीचको सम्झौता हुँदैन भने विदेश पनि नजाने । त्यसैले यसपालि इण्डिया पनि नगएको।’

खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि भन्दै उनले ‘तर गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जाने ? ठूलो मान्छे भयो नभन्नुहोला, त्यहाँका मानिसले’ भन्दै आफना कुरा राखे।
 

विशेष