News

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका आइजिपी कुँवर सिंगापुर उडे

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका आइजिपी कुँवर सिंगापुर उडे

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि निलम्वन गरेर अनुशन्धान गर्नु पर्ने माग भईरहेका वेला आइजिपी बसन्तबहादुर कुँवर सिंगापुर उडेका छन्।

नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौं नेपालका प्रमुख रहेका उनी इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा संचालन हुने हेड अफ एनसिबी कन्फ्रेन्समा सहभागी हुन गएका हुन।

कुँवरलाई एआइजी, डिआइजी लगायत वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए। हेड अफ एनसिबी कन्फ्रेन्समा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूका एनसिबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुने गर्छ।

कन्फ्रेन्समा इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आ–आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदान प्रदान गर्नेछन्। इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फ्रेन्स यस वर्ष जुन ७ देखि ९ तारिकसम्म सिंगापुरमा हुनेछ।

कन्फ्रेन्समा एनसिबी काठमाडौंका शाखा प्रमुख एसपी अनुपम शमशेर जबरा समेत सहभागी हुनेछन्। सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट गत जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले सगरमाथा आरोहण गरेका थिए। उनले चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराएका थिए।

इन्टरपोलको उक्त झण्डा आइजिपी कुँवरले कन्फ्रेन्सको दौरानमा इन्टरपोलका प्रेसिडेन्ट अह्मद नसेर अल–राइसीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ। 

आइजिपी कुँवरको अनुपस्थितिमा एआइजी टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रधान कार्यालयले जनाएको छ। 

आइजिपी

विशेष