News

नेपाललाई भारतको उपहार ‘मुर्रा राँगा’: के हो यस्को अर्थ ?

नेपाललाई भारतको उपहार ‘मुर्रा राँगा’: के हो यस्को अर्थ ?

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि  ‘मुर्रा राँगा’ को खुब चर्चा छ। सोमवारको प्रतिनिधि सभाको वैठकमै ‘प्रधानमन्त्री भैसी चढेर आएको’ भन्दै आलोचना भयो। 

संसदमै यसरी भैसीसँग जोडेर प्रधानमन्त्रीलाई उडाउने काम गरेपछि चर्चा त हुने नै भयो। भारतले नेपाललाई १५ वटा मुर्रा राँगा उपहार दिएको विषयले यसरी चर्चा पाएको हो। नेपाल सरकारकै अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा राँगा दिने भएको हो।

भारतले नेपाललाई विऊको रुपमा १५ वटा राँगा दिएको हो। १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गर्ने तयारी छ। जुन, २०२० मा भारतको पशुपालन मन्त्रालयललाई उच्च प्रजनन मान भएका बीउ राँगो आपूर्तिका लागि औपचारिकरूपमा नेपाल सरकारबाट प्रस्ताव गरिएको थियो। सोही प्रश्ताव अनुसार १५ वटा मुर्रा राँगो निःशुल्क उपलब्ध गराईएको हो।

ति राँगाहरूलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगञ्ज र लहानमा व्यवस्थापन गरी उच्च गुणस्तरको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यका लागि उपलब्ध गराइने व्यवस्था गरिने छ ।

नेपालले पनि मित्र राष्ट्रहरुलाई गैडा उपहार दिने गरेको छ। नेपालले अहिलेसम्म करिव १ दर्जन मित्र राष्ट्रहरुलाई २ दर्जनभन्दा वढि गैंडा उपहार दिइसकेको वताईन्छ। 

नेपालले चीन, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान र अष्ट्रिया, थाइल्याण्ड, बर्मा र पाकिस्तान जस्ता देशलाई गैंडा उपहार दिएको छ। 

मुर्रा

विशेष