क्रिकेट वल छोएको आरोपमा दलित बालकको औला काटियो

भारतमा कथित उपल्लो जातिका युवाले खेल्ने क्रिकेट वल छोएको आरोपमा एक दलित बालकको हातको औला काटिएको छ।
गुजरातस्थित पाटन जिल्लामा किर्ती भन्ने दलित बालकको औला काटिएको हो। समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेट खेलिरहेका युवाहरूको समूहले बल छोएको भन्दै ती बालकलाई कुटपिट गरेका थिए।
बालकका काका धीरज परमारले बालकलाई गालिगलौज र कुटपिट गरेको भन्दै विरोध गरे। त्यसपछि तत्कालका लागि घट्ना साम्य भएको थियो। तर, सोही दिन साँझ सात जनाको समूहले धारिलो हतियार लिएर परमार र उनका भतिजा कीर्तिमाथि आक्रमण गरेको थियो ।
उनीहरूले कीर्तिको औँला काटेर गम्भीर घाइते बनाएका छन् । अभियुक्तहरूको खोजी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।