News

उडिरहेको श्री एयरको जहाजको ढोका जव आकाशमै खुल्यो...

उडिरहेको श्री एयरको जहाजको ढोका जव आकाशमै खुल्यो...

उडिरहेको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ ।

विमानको ढोका आकाशमै अचानक खुलेपछि ३० मिनेट आकाशमै घुमाएर काठमाडौं फर्काइएको थियो। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टका अनुसार प्राविधिक समस्याका कारण एक्कासि आकाशमै ढोका खुलेको हो।

उनका अनुसार जहाज उडेको १० मिनेटमै एयर प्रेसर फेलियर भएको थियो । भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको जनाईएको छ।

विहान ८ बजेर १० मिनेटमा काठमाडौंबाट उडेको श्री एयरलाइन्सको २२१ जहाज आकाशमै ढोका खुलेपछि ८ बजेर ३८ मिनेटमा काठमाडौं विमानस्थलमै अवतरण गरिएको उनले बताए ।

जहाजमा करिब ८० जना यात्रु थिए। ती यात्रुलाई अर्को जहाजमा धनगढी पठाइएको एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले बताए ।
 

विशेष