News

सुहागरातमा हर्टएट्याक भएर वेहुला वेहुलीकै मृत्यु, हनिमुनको ओछ्यानमै भेटियो शव

सुहागरातमा हर्टएट्याक भएर वेहुला वेहुलीकै मृत्यु, हनिमुनको ओछ्यानमै भेटियो शव

भारतको उत्तर प्रदेशमा सुहागरातकै दिन नव विवाहित जोडिएको मृत्यु भएको छ। बहराइच जिल्लाका विवाहित जोडीको पहिलो रात नै हृदयघात भएर मृत्यु भएको हो।

दुबैको शव हनिमुनको ओछ्यानमा लडिरहेको अवस्थामा फेला परेको बहराइज प्रहरीले जनाएको  छ। गत मे ३० मा २४ वर्षीय प्रताप यादवको २२ वर्षीया पुष्पा यादवसँग विवाह भएको थियो। मे ३१ गते बेलुका बेहुली लिएर प्रताप घर फर्किए।

विवाहपछिका सबै संस्कार पूरा गरी सोही रात दुवै कोठामा सुत्न गए। भोलिपल्ट बिहान दुवै हनिमुनको ओछ्यानमा मृत फेला परेका थिए। उनीहरुको मृत्युको कारण पत्ता लगाउन फरेन्सिक विशेषज्ञहरूको टोलीलाई कोठाको जाँच गर्न बोलाइएको थियो।

कैसरगञ्ज प्रहरी स्टेशनका इन्स्पेक्टर राजनाथ सिंहले उनीहरुको हृदयघातबाट मृत्यु भएको जनाएका छन्। 
 

विशेष