News खेल

अर्जेन्टीनी स्टार फुटबलर मेस्सी अब खाडी पस्छन् कि बार्सिलोना फर्किन्छन् ?

अर्जेन्टीनी स्टार फुटबलर मेस्सी अब खाडी पस्छन् कि बार्सिलोना फर्किन्छन् ?

अर्जेन्टीनाका कप्तान तथा विश्व स्टार फुटबलर लियोनल मेस्सी अब खाडी पस्छन् कि आफ्नो पुरानै क्लब बार्सिलोना फर्किन्छन् भन्ने प्रश्नले सबैलाई कौतुहल बनाएको छ । केही दिनअघि मात्रै मेस्सी साउदी अरविया क्लब अल हिलालमा आवद्ध हुने भन्ने अपुष्ट समाचारहरू आएका थिए।

तर, हाल मेस्सीले बार्सिलोना नै फर्कने संकेत गरेका छन्। उनले साउदी क्लब अल हिलाललाई सन् २०२४ सम्मका लागि कुर्न भनेका छन्। हाल मेस्सीका बाबु तथा एज्नट जोर्जे मेस्सीको बार्सिलोना पुनरागमनका लागि क्लबसँग आवश्यक छलफल गरिरहेको गोल डटकमले जनाएको छ।

उनी बार्सिलोना नै फर्कन इच्छुक रहेको र यदि बार्सासँगको सबै कुरा मिलेमा अन्य क्लबसँग भएको सहमति तोडिने जोर्जेले बताएका छन्। फ्रेन्च क्लब पीएसजी छाडे पछि मेस्सी पनि अर्का स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो जस्तै साउदी क्लब जाने चर्चा चलेको थियो। साउदी क्लब अल हिलालले मेस्सीलाई वार्षीक ५४० मिलियन डलरमा अनुबन्धित गर्नका लागि प्रस्ताव गरेको थियो।

तर मेस्सीले पूर्वक्लव बार्सिलोना फर्कने इच्छा देखाएपछि अल हिलालका अधिकारीहरू अचम्ममा परेको बताइएको छ। केही समय अगाडि साउदी अरबकै अल नासार क्लबमा आवद्ध क्रिस्टियानो रोनाल्डोले पनि मेस्सीलाई साउदीमा स्वागत छ भनेकोबारे समाचारहरू आएका थिए ।

यदि मेस्सीले बार्सिलोना फर्किने निर्णय गरेमा अन्य क्लबहरूले दिएको रकमभन्दा कममा आवद्ध हुनुपर्ने हुन्छ । मेस्सीलाई भित्र्त्याउनका लागि अन्य क्लबहरूले गरेको प्रस्तावसँग प्रतिस्पर्धा गर्न बार्सिलोनाले नसक्ने बार्सिलोनाका प्रशिक्षक जाभीले वताएका छन्।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई लिग वान च्याम्पियन बनाएका मेस्सी अब कता जान्छन् भन्ने प्रश्न उनका समर्थक र शुभचिन्तकहरूमा बढ्दो छ । २०२१–०२२ को सिजनमा उनले पीएसजीबाट ११ गोल गरे । २०२२–०२३ को सिजनमा २१ गोल गरेका उनले यो दुई वर्षको अवधिमा पीएसजीबाट ३२ गोल गर्न सफल भए । 

विशेष