News

धान, गहुँ, मकै उत्पादन बढाउने वजेट छैन, गाँजातिर सरकार बहकियोः ओली

धान, गहुँ, मकै उत्पादन बढाउने वजेट छैन, गाँजातिर सरकार बहकियोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले धान, गहुँ, मकै उत्पादन बढाउन छाडेर गाँजा खेती गर्ने भन्दै बहकिन थालेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको आर्थिक विधेयकबारेको छलफलमा बोल्दै उनले अहिले अन्नमा आत्मनिर्भर हुने योजना चाहिएको बताए। ‘धान, गहुँ र मकै बढाउने कुरामा चासो छैन तर गाँजामा चासो छ। सरकारले लाइसेन्स बाँडेपछि नभएको गाँजा खेती उखेलिन्छ। अहिले मानिस दृष्टिगोचर भएका छैनन् तर कोही त छ गाँजा खेतीको पछि लाग्ने’, उनले भने, ‘कसले गर्न खोजिरहेको छ यो गाँजा खेती? गाँजा खेती कसले गर्न खोज्दैछ किन गर्न खोजेको हो? जनताले गाँजा खेती गरेका छैनन्, कहीँ कहीँ भएको पनि होला।’

उनले प्राकृतिक रुपमा उब्जिएको गाँजाले जीविका चलाउँदा मान्छे जेल जाने गरेको सुनाए। गाँजा खेती र व्यापार गर्नेहरु कोही पनि अहिले नदेखिएको बताउँदै पहिले अन्नमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए। 

‘बजेटमा धान फलाउने, आलु फलाउने, त्यतापट्टि छैन, गहुँ फलाउने खाद्यान्नमा आत्म निर्भर बनाउने कुरा छैन, कसले गर्न खोजिरहेको छ, गाँजाखेती? कसका लागि, कसले गर्न खोजिराख्या छ?  अचम्म लाग्छ, गाँजाखेती कसलाई चाहियो?,’ उनले भने।

उनले आम नागरिकको जीवनस्तर सुधार्न भन्दा पनि अमुक व्यापारीलाई पोस्ने स्वार्थले गाँजा खेती अघि सारिएको उनले बताए। उनले गाँजाको बिउ बोकेर बसेको व्यापारी को हो ? भनेर प्रश्न पनि गरे।
 

गाँजा

विशेष