News

गोकुल बास्कोटाको आरोप: आरजु राणाका बाँदरले वनेपाका किसान पीडित भए !

गोकुल बास्कोटाको आरोप: आरजु राणाका बाँदरले वनेपाका किसान पीडित भए !

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डा. आरजु राणाका बाँदर र दुम्सीले बनेपा क्षेत्रमा आतंक मच्चाएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बास्कोटाले यस्तो वताएका हुन।

काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती तथा काँग्रेस नेतृ एवम् सांसद डा. राणाको युलेन्स स्कुलले करिव ७ सय रोपनी जग्गा लिएर बाँदर र दुम्सी बस्ने ठाउँ बनाइदिएको आरोप छ । ‘स्कूल बनाएन । बनेपाको नाला क्षेत्रका किसानहरु अहिले त्यसबाट  पीडित छन्’– बास्कोटाले भने।

युलेन्स स्कूल डा. राणाको मुख्य लगानीमा खोलिएको महँगो विद्यालय हो । खुमलटारस्थित यो स्कूलको शाखा अहिले महाराजगञ्जको बाँसबारीमा पनि सञ्चालित छ । सात सय रोपनी पाखो किनेर आवासीय विद्यालय खोल्न बनेपामा युलेन्सले यसअघि जग्गा किनेको थियो । तर उक्त जग्गालाई स्कूलले ‘आउटडोर लर्निङ सेन्टर’ बनाएको बताइन्छ ।

यो स्कुलको पाठ्यक्रम र सिद्दान्त बैंक स्ट्रिटस डेभलपमेन्ट इन्टरयाक्टिभ अप्रोच एन्ड डेभलपिङ क्यापेवल पर्सनमा आधारित छ । यहाँका कर्मचारीले अमेरिकाको न्यू योर्कमा रहेको बैंक स्ट्रिट स्कुल अफ एजुकेशनबाट तालिमप्राप्त छन् । बाँकी कर्मचारी विश्वका हरेक क्षेत्रबाट छन् । स्कुल नेपालमा पहिलो आईबी स्कुल हो ।

यो आधिकारिक रुपमा स्विजरल्यान्डस्थित इन्टरनेशनल ब्याक्कालउरेट अर्गनाजेसन आईबी डिप्लोमा कार्यक्रममा आधारित छ । यहाँ भर्नाका लागि कक्षा १ मा १ सयभन्दा बढीको सिट छ भने माथिल्लो तहमा वेटिङ लिस्टका आधारमा हुन्छ । कक्षा १ मा प्रत्येक शैक्षिक सत्रमा ६० वटा सिट हुन्छ भने अन्य तहमा सिट उपलब्ध भएमा मात्रै भर्ना गर्न पाइन्छ ।

यहाँ कक्षा १ देखि १० सम्म ३ सय ६० विद्यार्थीको क्षमता छ । स्कुलले भर्ना शुल्कमा ४० हजार, वार्षिक शुल्क ४० हजार, सुरक्षा डिपोजिट ४० हजार, मासिक शुल्क ४० हजार, वार्षिक शुल्क आपतकालीन खाद्यन्नका लागि २ हजार ५ सय तथा करका रुपमा ३ सय ५० खर्च लिन्छ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालका नाती (स्व. प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका छोरा) प्रणब पनि यही विद्यालयमा अध्ययनरत छन्। उनले नातीका लागि मासिक ५० हजार खर्च गर्ने गरेका छन्। मासिक ५० हजार शुल्क लाग्ने युलेन्स स्कुलमा नाति पढाइरहेका दाहाल जनताका छोराछोरीलाई भने गुणस्तरहिन सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गर्छन। 

यो पनि,

युलेन्स स्कुल

विशेष