News

सुनकोशीमा फेला परेका दुई वटै शवको सनाखत भयो

सुनकोशीमा फेला परेका दुई वटै शवको सनाखत भयो

मंगलवार साँझ सिन्धुलीस्थित सुनकोशी नदीमा फेला परेको दुई जनाको शवको सनाखत भएको छ। गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित नदीमा दुई जनाको शव फेला परेको थियो। 

उक्त शव सिटिइभिटीको प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको भन्ने पुष्टि भएको छ।

उनीहरूको शव मंगलबार सवा ६ बजे सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेका थिए। सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता भएको गाडीभित्रैबाट उनीहरुको शव फेला परेको हो।

दुवैको शव मंगलबार राति नै काठमाडौं ल्याईएको छ। गत शुक्रबार बिहान अन्दाजी साढे ११ बजे गोलन्जोर गाउँपालिका–७ लौकुनबाट बा १ झ ७४६७ नम्बरको गाडी नदीमा खसेको थियो। गाडी खसेको स्थानबाट करिब दुई सय मिटर तल फेला परेको हो।

गोताखोरले गाडी अन्दाजी ३० फिट गहिराइबाट गाडी फेला पारी एक्सकाभेटरको सहयोगबाट बाहिर निकालिएको हो। योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल भने अझै बेपत्ता छन्।
 

विशेष