News विदेश

भारत र इजिप्टबीच द्विपक्षीय रक्षा सहयोग सुदृढ गर्नेबारे छलफल 

भारत र इजिप्टबीच द्विपक्षीय रक्षा सहयोग सुदृढ गर्नेबारे छलफल 

 

कायरो । भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे र उनको इजिप्टका समकक्षी लेफ्टिनेन्ट जनरल ओसामा अहमद रोस्दी अब्दुल्लाह अस्करले  भारत-इजिप्टले द्विपक्षीय रक्षा सहयोगलाई सुदृढ गर्ने तरिकाहरूबारे छलफल गरेका छन्।

छलफलका क्रममा इजिप्टमा भारतीय सैनिकहरूको सेवा र बलिदानको सम्झनामा 'इजिप्टमा भारतीय सेना' पुस्तक पनि विमोचन गरिएको थियो।

भारतीय सेना प्रमुखले इजिप्टका चिफ अफ अपरेशन लेफ्टिनेन्ट जनरल अहमद एफ खलिफासँग पनि कुराकानी गरेका छन्। उनले द्विपक्षीय रक्षा सहयोग अभिवृद्धि र दुई देशको आपसी हितका क्षेत्रमा सम्बन्ध सुदृढ गर्न इजिप्टको तीन दिने भ्रमण गरेका थिए।

भारत र इजिप्टको सौहार्दपूर्ण रक्षा सम्बन्ध छ। इजिप्टका राष्ट्रपति अब्देल फताह एल-सिसीलाई भारतको ७४औँ गणतन्त्र दिवस समारोहमा दुई देशबीचको बलियो सम्बन्धलाई पुन: पुष्टि गर्नको लागि प्रमुख अतिथिको रूपमा आमन्त्रित गरिएको थियो।

'यो पहिलो पटक हो कि अरब गणतन्त्र इजिप्टका राष्ट्रपतिलाई भारतको गणतन्त्र दिवसमा मुख्य अतिथिको रूपमा आमन्त्रित गरिएको छ,' भारतीय विदेश मन्त्रालयले भन्यो। गणतन्त्र दिवसको परेडमा इजिप्टको सेनाको एक सैन्य दल पनि सहभागी हुनेछ।

भारत र इजिप्टले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष मनाइरहेका छन्। भारत र इजिप्टबीद्ब सभ्यता, सांस्कृतिक र आर्थिक सम्बन्ध र गहिरो रुपमा जनता-जनता सम्बन्धद्वारा चिह्नित न्यानो र मैत्री सम्बन्ध कायम छ। 

बहुआयामिक सम्बन्ध साझा सांस्कृतिक मूल्यमान्यता, आर्थिक वृद्धिलाई बढावा दिने प्रतिबद्धता, रक्षा र सुरक्षाका क्षेत्रमा सहयोग र क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा अभिसरणमा आधारित छ। दुई देशले बहुपक्षीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा नजिकबाट काम गर्छन्। भारत र इजिप्टबीच वर्तमान रक्षा सहयोगको अधिकांश संयुक्त रक्षा समिति (जेडीसी) गतिविधिद्वारा निर्धारण गरिन्छ। 
 

विशेष