News अपराध सुरक्षा

लिभिङ टुगेदरमा वसेकी प्रेमिकाको कुटीकुटी हत्या, प्रेमी पक्राउ

लिभिङ टुगेदरमा वसेकी प्रेमिकाको कुटीकुटी हत्या, प्रेमी पक्राउ

काठमाण्डौंमा एक युवतीको हत्या भएको छ। प्रहरीका अनुसार ठमलेको भगवती बहालमा डेरा गरी बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमीले हत्या गरेका हुन्। 

ठमेलमा प्रेमीसँग लिभिङ टुगेदरमा बस्दै आएकी चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता सीताराम रिजालले वताए। 

प्रेमी काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकारले कुटी कुटी जेनिशाको हत्या गरेको प्रहरीको भनाई छ। रिजालका अनुसार जेनिशा र अमर ६ महिनायता लिभिङ टुगेदरमा थिए। उनीहरु भगवती बहालको एक घरमा डेरा लिएर सँगै बस्ने गरेका थिए। 

उनीहरुबीच मंगलबार दिउँसो आपसी विवादका क्रममा भएको झगडाले उग्र रुप लिएको थियो। त्यसपछि मादक पदार्थ सेवन गरेको अमरले जेनिशामाथि कुटपिट गरेको अनुशन्धानबाट खुलेको छ।

कुटपिटपछि मंगलबार दिउँसो जेनिशालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। तर राति नै उनको उपचारकै क्रममा ज्यान गएको रिजालले बताए। 

अमरलाई घट्नास्थलबाटै पक्राउ गरिएको एसपी रिजालले बताए। अमरले विवादका क्रममा जेनिशालाई कुटपिट गरेको बयान दिएका छन्। अहिले अमरलाई सोह्रखुट्टे प्रहरी बृत्तको हिरासतमा राखेर अनुसन्धान भईरहेको जनाईएको छ।
 

विशेष