News

नक्कली शरणार्थी प्रकरण पनि ३३ किलो सुन काण्ड जस्तै हुने वकिलको आशंका

नक्कली शरणार्थी प्रकरण पनि ३३ किलो सुन काण्ड जस्तै हुने वकिलको आशंका

नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाइदिन्छु भनि ठगी गरेको प्रकरण पनि ३३ किलो सुन काण्ड जस्तै हुने आशंका वकिलहरुले ब्यक्त गरेका छन् ।

काठमाण्डौं जिल्ला अदालतमा जारी थुनछेक बहसका क्रममा प्रतिवादी सानु भण्डारीका तर्फबाट वहस गरेका अधिवक्ता विनोद शर्माले शरणार्थी प्रकरण पनि ३३ किलो सुनकाण्ड जस्तै हुने त होइन भनी प्रश्न गरे । मुख्य व्यक्ति छाड्ने र अरु मात्रै फस्ने काम गर्न नहुने उनको तर्क थियो ।

पक्राउ परेका अभियुक्तहरूबाट एक रूपैयाँ पनि नभेटिएको भन्दै शर्माले विगो दावी गरिएको ‘२८ करोडको लेखाजोखा खोइ ?’ भनेर पनि प्रश्न गरेका थिए । 

यसअघि प्रतिवादी केशव दुलालको तर्फबाट वरिष्ठ अधिवक्ता योगेन्द्र अधिकारी तथा अधिवक्ताहरू विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, नरबहादुर योगी र राजन भट्टराईले बहस गरेका थिए।

उनीहरूले दुलालमाथि आरोपका लागि लगाइएको आरोप मात्रै भएको जिकिर गर्दै उनी आफैँ नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान चाहेकाले स्वयम् पीडित भएको तर्क गरे। दुलालमाथि लगाइएको अभियोग कुनै पनि तथ्य र आधारले पुष्टि नभएकाले उनी साधारण तारेखमा नभए सामान्य धरौटीमा रिहा हुनुपर्ने उनीहरूको माग थियो। । 

विशेष