News

भारतीय संसदमा राखिएको नक्साका विषयमा नेपालमा विवाद छैनः विदेशमन्त्री जयशंकर

भारतीय संसदमा राखिएको नक्साका विषयमा नेपालमा विवाद छैनः विदेशमन्त्री जयशंकर

भारतको संसदमा राखिएको ‘अखण्ड भारत’ को नक्साका विषयमा भारतीय विदेशमन्त्री एस जयशंकरले स्पष्टिकरण दिएका छन्। उनले दुई छिमेकी मुलुक नेपाल र बंगालादेशले यो विषय वुझिसकेको र यसमा कुनै विवाद नरहेको वताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व गरेको नौ वर्ष पुगेको अवसरमा विहिवार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री जयशंकरले भने ‘छिमेकी मुलुकहरूले यो विषय बुझिसकेका भन्ने मलाई लागेको छ । यसमा कुनै ठूलो कुरा छैन। मलाई जानकारी भएसम्म उनीहरूले यो विषयलाई बुझिसकेका छन् । पाकिस्तानको विषय भने यसमा फरक छ ।’

नवनिर्मित संसदमा राखिएको भित्ते नक्सामा नेपाल, बंगलादेश र पाकिस्तानका केही भूभागसमेत समेटिएको भन्दै विरोध भइरहेको बेलामा विदेशमन्त्री जयशंकरले यस मामलामा पाकिस्तानले बुझ्ने छ भन्ने आशासमेत नभएको बताए । ‘पाकिस्तानसँग हाम्रो विषय स्पष्ट छ । यो खाली सरकारको मात्रै होइन, पूरै देश र संसदको स्ट्यान्ड हो । यसमा परिवर्तन गर्नेको कोही सम्भावना छैन ।’

बंगलादेशमा यस विषयमा विरोध चर्किएपछि दिल्लीस्थित आफ्नो मिसनलाई भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न निर्देशन दिएको छ । बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताएका थिए । 

विशेष