विदेशमन्त्री जयशंकरले भने - सांस्कृतिक चित्रबारे मित्र राष्ट्रले क्ल्यारिफिकेसन मागे हामी दिन्छाैँ
काठमाडाैं । भारतका विदेशमन्त्री डा. एस जयशंकरले भारतको नवनिर्मित संसद भवनमा कोरिएको सांस्कृतिक भितेचित्रबारे मित्र राष्ट्रहरूलाई क्ल्यारिफिकेसन दिन तयार रहेकाे बताएका छन । उहाँले यसअघि विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दिएकाे बयान नै दाेहर्याएका छन् ।
उहाँले उक्त भितेचित्र मित्र राष्ट्रहरूले सोचेजस्तो नभई राजा अशोकाको समयमा विस्तार भएका राज्यको अवस्था झल्काउने क्षेत्र मात्र भएको जानकारी दिए ।
उहाँले भन्नुभयाे, 'संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ । यी भित्तेचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ। भित्तेचित्र र त्यसको अगाडिको फलकले पनि त्यही कुरा बताउँछ।’
मित्र राष्ट्रहरूले आपत्ति जनाएपछि भारतको दाेस्राे आधिकारिक धारणा सार्वजनिक गर्दै विदेशमन्त्री जयशंकरले भारतको आधिकारिक धारणा स्पष्ट पारेका छ्न ।
भारतकाे नयाँ संसद् भवनमा कुँदिएको भितेचित्रमा नेपालकाे कपिलवस्तु, लुम्बिनी, विराटनगर तथा पाकिस्तानकाे तक्षशिला र बंगालदेशकाे केही भूभाग उल्लेख छ ।