News

सुदन किरातीसँग प्रचण्ड असन्तुष्ट, मन्त्रीबाट हटाउने तयारी

सुदन किरातीसँग प्रचण्ड असन्तुष्ट, मन्त्रीबाट हटाउने तयारी

मन्त्रिपरिषदले पूर्णता पाएको एक महिना पनि नहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रि हेरफेरमा लागेका छन्। चार दिने भारत भ्रमण सकेर फर्किएका दाहाल मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन्। 

सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउन दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जनाईएको छ। जनमत पार्टीलाई सरकारमा ल्याउनुपर्ने भएकाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको दाहाल निकट माओवादीका नेताले जानकारी दिए। 

पुस १० मा एमालेको सहयोगमा प्रधानमन्त्री भएका दाहालले जेठ ९ गते मात्रै सरकारलाई पूर्णता दिएका थिए। मन्त्रिपरिषदले पूर्णता पाइसकेकाले जनमत पार्टी सरकारमा आउँदा माओवादी केन्द्रले एउटा मन्त्रालय छाड्नुपर्ने सम्भावना छ।

माओवादीबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, संघीय मामिला तथा सामान्य प्रकाशनमन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती छन्।

स्रोतका अनुसार माओवादीले एउटा मन्त्रालय छाड्दा संस्कृतिमन्त्री किराँती र संघीय मामिलामन्त्री मोदीमध्ये एक जना हट्ने सम्भावना छ। माओवादी एक नेताका अनुसार मन्त्री किरातीसँग प्रधानमन्त्री दाहाल सन्तुष्ट छैनन् । 
 

विशेष