गाउँपालिकाका अध्यक्षका छोराले कर्मचारीलाई कार्यकक्षमै कुटे

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलनले कर्मचारीमाथि कुटपिट गरेका छन्। मिलनले प्रमुख प्रशासकिय अधिकृत सुवाश रिजाललाई कार्यकक्षमै गएर कुटपिट गरेका हुन।
कर्मचारीले अध्यक्षका छोरालाई कारबाही माग गर्दै अत्यावश्यक बाहेकका कामकाज बन्द गर्ने निर्णय गरेका छन्। अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष एमसीका छोरा मिलनले प्रक्रिया नपुगेको फाइल जबरजस्ति सदर गराउन खोजेका थिए।
त्यसपछि आक्रोशित भएका उनले कर्मचारीहरुको बैठक चलिरहेकै वेला प्रशासकीय अधिकृत रिजाल र रोजगार सहायक दिपक जिसि लगाएतलाई हातपात गरेको जनाईएको छ। मिलनले कर्मचारीमाथी अपशब्द प्रयोग गरी गाली बेइज्जती समेत गरेको आरोप छ।
मिलनलाई अध्यक्षले पालिकाको गाडीमा राखेर भगाएको कर्मचारी स्रोतको दाबी छ।
झिमरुक गाउँपालिका