गाडी स्टार्ट गरेर चालक जुत्ता लगाउन हिडेपछि दुर्घटना हुँदा दुई जनाको मृत्यु

कालिकोटको रास्कोट नगरपालिका–२ सेरा बजारमा स्टार्ट गरेर राखेको जीप सडकबाट खोलामा खसेरपछि दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
जीप खस्दा त्यहाँ रहेका रास्कोट–१ लहरेलाका मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको हो। मृतक शाही नेपाली कांग्रेसका वडा सभापति पनि हुन् । जिपमा रहेकी रिता सिँह गम्भीर घाइते भएकी छिन् ।
बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको वोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार गाडी स्टार्ट गरेर चालक जुत्ता लगाउन गएका बेला गाडी सरेर खोलामा खसेको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।