News

चुरोट सेवन गर्दा त्रिभुवन विमानस्लबाट पक्राउ परे झापाका युवक

चुरोट सेवन गर्दा त्रिभुवन विमानस्लबाट पक्राउ परे झापाका युवक

कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा चुरोट सेवन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

झापाका २८ वर्षीय सुवास पुरीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा उनले चुरोट सेवन गरेको प्रहरीले जनाएको छ। जहाजमा चुरोट सेवन गरेको सूचना प्रहरीले पाएको थियो।

एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनलाई पक्राउ गरेको जनाईएको छ। ‘कोरियन एयरलाइन्समा चुरोट खायो भनेर फ्लाइटबाटै जानकारी आएको थियो’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले भने–‘काउन्टरले पत्रसहित बुझाएकाले नियन्त्रणमा लिएका हौ।’

पक्राउ परेका युवकमाथि  थप अनुसन्धान गर्न उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ। 
 

विशेष